फुटबल प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


टीकापुर २८ वैशाख /
टीकापुर युथ क्लवको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता शुरु
टीकापुर युथ क्लवको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।
क्लबको आयोजनामा आइतबारदेखि टीकापुर स्थित वीरेन्द्र विद्या मन्दिर माद्यामिक बिद्यालयको खेल मैदानमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बीनी प्रदेश सहित सुदूरपश्चिमका ९ टिम सहभागी छन् । खेलकुद जेठ ३ गते सम्पन्न हुनेछ ।
क्लवका अध्यक्ष अभिषेक शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले फुटबल प्रतियोगिताले टीकापुरको पहिचान र विकासमा थप सहयोग पुग्ने भएकाले आयोजकप्रति धन्यबाद दिदै उनले आगामी दिनमा यस्ता कार्यक्रमका लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी राष्टिय फुटबल खेलाडी सिद्ध ठकुल्लाले देशका राम्रा खेलाडी उत्पादन गर्ने टीकापुरको यो फिल्डमा लामो समय पछि पुनः खेलकुद शुरु गर्दा खुसी लागेको बताउनु भयो । कार्यक्रममा प्रकाश खड्का लगायतले बोलेका थिए । आइतबार सम्पन्न पहिलो खेलमा भजनीले लम्की चुहालाई १ गोलले पराजित गरेको छ ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *