बाढीले बगाएका छ जनाको लास भेटियो ,

शेयेर गर्नुहोस


समाधान समाचार
अछाम ०३ भाद्र /
जिल्लाको रामारोशन गाउँपालिका कैलास खोलामा गएराती आएको बाढीले १६ घर बगाएको छ ।
अहिलेसम्म नन्दु साउदको १० जना परिवार, लालसरा साह र उनका छोरा, हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, जोगा साउद र बासु साउद बेपता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन।बाढीका कारण अहिले सम्म ६ जनाको लास भेटीएको जानकारी प्राप्त भएको छ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । राहत र उद्दारका लागि नेपाली सेनाको टोलि त्यस तर्फ जाने तयारी भएको आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले जानकारी दिएका छन।क्षेतिको बिबरण आउन सकेको छैन। सडक संजाल पुर्ण रुपमा विच्छेद भएको छ भने जोखिममा रहेका पसल र मानिसहरू सुरक्षित ठाउँमा स्थानान्तणका लागि पहल भैरहेको गाउँपालिका उपाध्यक्ष रावलले जानकारी दिएकि छन। सैनी बजारको सबै बजार बाढीले बगाएको छ। अझै पनि कैलास खोलाले धार परिवर्तन गर्ने क्रम जारी नै रहेको स्थानियले जानकारी दिएका छन।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *