शेयेर गर्नुहोस
भजनी १४ टीकापुर /
नेपाल शिक्षक महासंघ,भजनी नगरपालिकाको नगर अध्यक्षमा पदम बहादुर शाही चयन भएका छन् । बुधबार भएको एक कार्यक्रमका बीच शाहीलाई महासंघको नगर अध्यक्षको जिम्मेवारी दिइएको हो ।
निर्वाचित भएकव शाहीले आफ्नो कार्यकालमा शिक्षकहरूको हक–हित संरक्षण, पेशागत मर्यादा अभिवृद्धि, सामुदायिक विद्यालयको गुणस्तरीय विकास तथा शैक्षिक सुधारका लागि निष्पक्ष, पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सुदृढ सहकार्य कायम गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा सक्रिय रहने उनले बताएका छन् ।
Previous Post










