शेयेर गर्नुहोस
टीकापुर २१ चैत /
क्रियटिभ ट्यूसन एण्ड आर्ट सेन्टर टीकापुरले वृज कोर्ष उच्च शिक्षाको पहिलो आधार भएको बताएको छ । अहिले कक्षा १० को परिक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै वृज कोर्ष कार्यक्रम थालेको सेन्टरले उच्च शिक्षामा आफुलाई क्षमतावान बनाउनका लागि वृज कोर्ष महत्त्वपूर्ण हुने बतएको हो । कक्षा १० पास गरिसकेपछि आफ्नो अनुकुलको विषयको अध्ययन गर्नका लागि आवश्यक टिप्स सहितको वृजकोर्ष सञ्चालन गर्दै आएको हो । त्यसैअनुसार कक्षा १० अर्थात एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गर्दै सेमिनार समेत सञ्चालन गरेको छ ।
उक्त सेमिनारले बिद्यार्थीहरुलाई आगामी दिनमा के पढ्दा के हुन्छ भन्ने विषयमा विभिन्न क्षेत्रका विषयबिज्ञले बिद्यार्थीहरुलाई जानकारी प्रदान गर्ने काम गरेका थिए ।
सेमिनारमा बोल्ने शिक्षकहरुले पछिल्लो समयमा प्राविधिक शिक्षाको माग बढ्दै गएको र भविष्यलाई सहि मार्गमा लिने भएका कारण त्यसको तयारीमा लाग्न सुझाव दिएका छन् । त्यतिमात्र नभई त्यसका लागि हुने प्रवेशिका परिक्षामा सफल हुन वा सरकारको विभिन्न कोटामा छात्रवृत्तिमा नाम निकाल्नको लागि वृज कोर्षमा गर्न सुझाव पनि दिएका छन् ।
“हामीले विगत देखि वृज कोर्षलाई विषेश महत्त्व दिएर सञ्चालन गर्दै आएका छौँ ।” सेन्टरमा प्रबन्ध निर्देशक गणेश बहादुर शाहीले भने, “हामीसँग वृज कोर्ष तयारी गएर गएको बिद्यार्थी आफ्नो क्षेत्रमा सफल भएको उदाहरण पनि कैयौं छन् ।” उनले उच्च शिक्षाको आधार तय गर्ने सारथि वृज कोर्ष भएको बताउँदै यसले बिद्यार्थीहरुमा तयारी मात्रै नभई पढ्ने बानीलाई निरन्तर राख्न पनि सहयोग पुर्याउने बताएका छन् ।
“झण्डै तीन महिना आफ्नो अध्ययनबाट बिद्यार्थी टाढा रहने स्थिति आए, उसमा अध्ययन गर्ने बानी हट्न सक्छ ।” उनले भने, “पढाईलाई निरन्तरता दिँदै जुन क्षेत्रमा आगामी दिनको शैक्षिक कार्यक्रम अगाडि बढाउने हो त्यसका लागि विषय बिज्ञसँगको समन्वय र सहकार्य निकै महत्त्वपूर्ण हुनेछ ।” उनले आफ्ना बालबालिकालाई समुदायमा गलत संगतमा फस्न नदिनको लागि पनि अतिरिक्त सिकाइमा ध्यान दिन अभिभावकसँग पनि आग्रह गरेका छन् ।










