शिक्षक दिवस मनाइयो

शेयेर गर्नुहोस


टीकापुर १४ साउन/
नेपाल निवृत शिक्षक समाज कैलालीको शिक्षक दिवस मनाइएको छ ।
नेपाल पाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार मदनकुमार जोशी रहेका थिए । कार्यक्रममा आजीवन सदस्य गजबहादुर बम यज्ञ मूर्ति अर्याल, देवीलाल पाण्डे भक्तिराम कोइराला नागरिक समाज टिकापुरका अध्यक्ष भीमराम चपाई, देवकाेटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावल समाजका केन्द्रीय प्रतिनिधि काशीराम ढुङ्गाना अतिथी रहेका थिए ।
नेपाल निवृत्त समाज कैलालीमा तीन सय जना आजीवन सदस्य रहेकोमा एक सय ७५ जना पहिलेकै अभिलेख रहेकोमा नयाँ एक सय २५ जना थपिएका छन् । निवृत्त शिक्षकको २६ औँ निवृत्त शिक्षक दिवस अवसरमा एक सय २१ जनालाई आजीवन सदस्यता वितरण गरिएको छ ।
पालिकास्तरमा सबभन्दा बढी टिकापुर नगरपालिकामा ८२ जना आजीवन सदस्य रहेका छन् । कार्यक्रममा टीकापुर नगर कमिटीका अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष ज्योति प्रसाद बुढाथोकी, भजनी नगर कमिटीका अध्यक्ष यज्ञराज उपाध्याय , गौरीगंगा नगर कमिटी सचिव वीरबहादुर मल्ल, जोशीपुर अध्यक्ष सुरेन्द्रबहादुर बोहरा, घोडाघोडी अध्यक्ष परशुराम सापकोटा लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष दिपेन्द्र कुमार खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सचिव गोपालबहादुर ऐरले गरेका थिए । ‌ कार्यक्रम जिल्ला अध्यक्ष सुमनकुमार न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *