शेयेर गर्नुहोस
टीकापुर २१ असोज/
जानकी गाउँपालिका वडा नं.१ स्थिति सरस्वती माद्यामिक बिधालयको सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक परिक्षण समिती संयोजक आसमानी चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथि वडा नं.१ का वडा अध्यक्ष सुरेशकुमार चौधरी र गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी रहेका थिए ।
कार्यक्रममा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बम, बिधालयका पुर्व प्रधानाध्यापक कुलासिंह बम, कालिका आधारभूत बिधालयका प्रधानाध्यापक ओमप्रकाश चौधरी, सामाजिक परिक्षण समिती सदस्य राजेश कठायत, वडा नं. १ कि वडा सदस्य अनिता चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
बिधालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद उपाध्यायले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षक कर्ण बहादुर बोहराले सञ्चालन गरेको कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक मोतीलाल चौधरीले गरेका थिए ।










