साधानकेन्द्र निर्माण पछि पुनः संचालन

शेयेर गर्नुहोस


टीकापुर १२ साउन/
टीकापुर स्थित नवचेतना पतंजलि योग साधनाकेन्द्र पुनर्निर्माणपछि पुनः संचालनमा आएको छ ।
योग साधना हलमा साधकहरुलाई योगाभ्यास गर्न असहज हुन थालेपछि टीकापुर नगरपालिका वडा नं. १ को एक लाख ५० हजार रुपैयाँ तथा अन्य स्थानिय तथा योग प्रशिक्षकहरुको सहयोगमा योग साधनाहल विस्तार सम्पन्न भएपछि सोमबारदेखि पुनः संचालनमा आएको हो । साधना केन्द्रको टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन लुहार बिकले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै बिकले टीकापुरमा पतंजलि योग नगरसमितिले विभिन्न योग साधना केन्द्रहरुको माध्यमबाट निशुल्क रुपमा जसरी सेवा गरिरहेको छ त्यसको प्रशंसा व्यक्त गरेका छन् ‘बिना कुनै पारीश्रमिक बिहानको समयमा विशुद्ध सेवा भावले यहाँहरुले जुन आम जनतालाई स्वस्थ बनाउने काम गरिरहनुभएको छ, त्यो अत्यन्तै प्रशंसनीय काम छ ।’उनले भने ।
कार्यक्रममा पतंजलि योग समिति कैलालीका उपाध्यक्ष सर्वनन्द चपाई, जिल्ला महिला उपाध्यक्ष ज्ञानु पोख्रेल र नगर समिति अध्यक्ष छबिलाल जैशी विशिष्ट अतिथि रहेका थिए । नवचेतना पतंजलि योग साधना केन्द्रका प्रशिक्षक तथा नगर महिला समिति उपाध्यक्ष श्रृजना शर्मा पण्डितले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नवचेतना पतंजलि योग साधना केन्द्रका संचालक प्रशिक्षक सुमन कुमार न्यौपानेले गरेका थिए ।
कार्यक्रममा पतंजलि योग महिला समिति टीकापुरका महासचिव जगत कुमारी जैशी, पतंजलि योग नगर समिति टीकापुरमा प्रशिक्षण विभाग प्रमखु राजेन्द्र प्रसाद भट्टराई, शिवकृपा पतंजलि योग साधना केन्द्रका संचालक प्रशिक्षक ज्योति प्रसाद बुढाथोकि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नवचेतना पतंजलि योग साधना केन्द्रका संयोजक मञ्जु रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा टीकापुरमा रहेका विभिन्न पतंजलि योग साधना केन्द्रका प्रशिक्षक तथा साधकहरुको उपस्थिति रहेको थियो । पतंजलि योग समिति टीकापुरले टीकापुरमा योगका विभिन्न कार्यक्रमहरुसँगै अन्य भजन सत्सङ्ग, योग शिक्षक तालिमहरु संचालन, बालबालिकाहरुका लागि बाल संस्कारका कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *