सेवा केन्द्रको भवन उद्घाटन

शेयेर गर्नुहोस

   
टीकापुर १९ मंसिर /
सामुदायिक सेवा केन्द्र टीकापुरको नव निर्मित भवनको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
   भवनको उद्घाटनका क्रममा सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा रण बहादुर रावलले सेवा केन्द्रले समुदायमा रहेका समुदायलाई प्रत्येक्ष रुपमा प्रहरीसँग जोड्ने काम गरेको बताएका छन् । उनले जनता र प्रहरी बीचको सम्बन्धलाई समधुर बनाएको बताए । “हामी काम गर्न आएका हाैँ, चाहे कुनै पदमा हाैँ वा नहौँ ।” उनले भने, “काम गर्न भनेर आएकाहरुले पद वा मन्त्री हुनुपर्छ भन्ने छैन । काम गर्ने इच्छा शक्ति हुन आवश्यक छ ।”
   प्रमुख अतिथि रावलले समाजमा भएका कुरितीलाई अन्त्य गर्न प्रहरी एक्लैले केही गर्न नसकिने बताउँदै त्यसका लागि समुदाय र जनताको विशेष सहयोग हुन जरुरी रहेको बताएका छन् । उनले सेवा केन्द्रको भवन निर्माण भए पनि अन्य आवश्यक समस्यालाकी समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नविन राजा बुढाथोकीले प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रसँग सधै सहकार्य भइरहेको बताउँदै आगामी दिनहरुमा सेवा केन्द्रमा नियमित रुममा सुरक्षा कर्मी खटाई २४ सै घण्टा सेवा प्रवाह गर्ने बताएका छन् । उनले प्रहरी र सेवा केन्द्र  बीच थप सेवा प्रवाह गर्न सेवा केन्द्रसँग सहकार्य गरेर सचेतना मुलक कार्यक्रमहरु समेत गरिने बताए ।
  कार्यक्रममा सेवा केन्द्रका पुर्व सचिव ईश्वर सोडारी, पत्रकार ईश्वर साउँद, नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सभापति दत्त बहादुर विष्ट, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र साउद, नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जितबहादुर चाैधरी, सेवा केन्द्रका पुर्व अध्यक्ष मोहननाथ योगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
  सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ताराप्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन सचिव प्रकाश खड्काले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *