स्थापना दिवसको अवसरमा सामाग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर ०२ भदौ /
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सामुदायिक सहकारी संस्था लिमिटेडले आफ्नो २६ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।
सहकारी संस्थाले सो अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ ।
संस्थाले भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गर्नुका साथै ९ वटा डस्टबिन, १० वटा कुर्सी र ५ वटा प्लास्टिकका वाटा सहयोग गरेको हो ।
वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको उक्त कार्यको प्रशंसा गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत अत्यन्तै राम्रो र प्रशंसनीय काम गरेको बताएका छन् । उनले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।
फलफूल तथा सामग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहकारीले आगामी दिनमा पनि समुदायको हितमा यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *