७ परिवारलाई राहत सामग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर २३ असोज /

रसुवा भोटेकोसीको विनाशकारी बाढीबाट प्रभावित टीकापुर नगरपालिका वडा नं. ५ का ५ परिवार र टीकापुर नगरपालिका वडा नं. १ ज्योतिनगरका दुई परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
टीकापुर नगरपालिका वडा नं. ६ स्थित नारायणपुर वडास्तरीय टोल विकास संस्था सञ्जालअन्तर्गतका ९ वटा टोलको सहयोगमा सञ्जालकी अध्यक्ष आशा कुश्मीको संयोजकत्वमा प्रतिपरिवार एक क्विन्टल चामल, ५ केजी नुन र ५ लिटर तेल लगायतका सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बलवीर चौधरी तथा सहकर्मी समाज टीकापुरका सामुदायिक प्रशिक्षक करुणा कोइराला र अनुप चौधरीको उपस्थिति रहेको थियो ।

ताजा खबर

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

कहिले सुल्झिन्छ फोहोरको समस्या ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *