अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल

शेयेर गर्नुहोस

रासस…
काठमाडौ ०२ भाद्र /  सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत र उद्धार कार्यलाई अगाडि बढाउने विषयमा छलफल गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए। 

उनका अनुसार उनीहरुबीच बाढीपहिरामा परेकाको उद्धार गर्नका लाागि हेलिकप्टर र उद्धार सामग्री तथा राहत सामग्री पठाउनेछ। आजै नै त्यसतर्फ हेलिकप्टर राहत र उद्धारका सामग्री लिएर जाने भएको उनले बताए।  

गाउँपालिको वडा नं ५ मा आएको बाढीका कारणले अहिलेसम्म छ जनाको शव फेला परेको छ भने करिब १७ जना बेपत्ता भएका छन्। गएराति आएको अविरल वर्षाका कारण रामारोशनको सैनीबजार बगाएको छ।  

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योगमन्त्री भट्टले अछामको बाढी पीडितलाई तत्काल उद्धार गर्ने विषयमा टेलिफोनमा छलफल गरेको उनका स्वकीय सचिव ओझाले बताए।

ताजा खबर

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *