अतिक्रमणमा परेको जग्गा आफ्नो दावी गर्दै चार संस्थाको निवेदन वडामा

शेयेर गर्नुहोस


टीकापुर ०५/
टीकापुर नगरपालिका वडा नं. १ ले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि भरेको फारमका आधारमा जारी गरेको एक हप्ताको हक दावी सुचनामा चार संस्थाले जग्गाको हक दावी गर्दै वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
वडा कार्यालयले मंसिर २५ गतेसम्मको अन्तिम समय राख्दै भरेका फारमका आधारमा जग्गाको हक दावीका लागि प्रकाशित गरेको सुचनाअनुसार भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीले आफ्नो बनाएको जग्गा आफुहरुको भएको भन्दै चार संस्थाले वडामा निवेदन दर्ता गराएका हुन । निवेदन दर्ता गराउनेमा टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय टीकापुर, खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुल र नेपाल मगर संघ टीकापुर नगर कार्यसमिति रहेका छन् ।
वडा अध्यक्ष मोहन विकले फारम भर्दा भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीले उल्लेख गरेकोको जग्गा आफ्नो दावी गर्दै वडा कार्यालयमा निवेदन दर्ता गराएको बताएका छन् । “हामीले सुचारु जारी गरेका थियौं । त्यसैअनुसार चार संस्थाले वडामा निवेदन दर्ता गराएका हुन ।” वडा अध्यक्ष विकले भने, “अब त्यसको वसा स्तरीय सहजीकरण समितिले समाधानको प्रयास गर्नेछ । वडाबाट निवेदन उपरको समस्या समाधान हुन सकेन भने त्यसलाई नगर स्तरीय सहजीकरण समितिमा पठाउने तयारी गरेका छौँ ।” फारम भर्दा फरक परेको कुरालाई सच्याउने काम गरिरहेको बताउँदै वडा अध्यक्ष विकले हक दावी सम्बन्धि परेका निवेदन माथिको छलफलबाट समस्या समाधान भए लगत्तै जग्गाको निस्सा वितरण प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
उता तीन सय बिघा लालपुर्जा भएको जग्गा अतिक्रमणमा परेको भन्दै उक्त जग्गा आफ्नो भएको दावीसहित वडा कार्यालयमा निवेदन दिएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावलले बताएका छन् । “जग्गा हाम्रो हो । त्यसको सबै प्रमाणपत्र हामीसँग सुरक्षीत छ ।” उनले भने, “उक्त जग्गा खाली गराई सहयोग गर्नका लागि वडालाई आग्रह गरेका छौं । हाम्रो जग्गा हामीलाई चाहिन्छ ।” उनले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने जिम्मा राज्यको भएको बताउँदै आफ्नो जग्गा आफ्नै लागि कम भएको बताए ।
क्याम्पस प्रमुख रावलले कृषि संकायका लागि जग्गा अपुग भएको बताएका छन् । “हामीले सिक्दै कमाउँदैको योजनाका साथ विभिन्न कृषि फार्म निर्माण गर्ने भनेका छौँ । त्यसका लागि जग्गा भएर पनि उपभोग गर्न पाएका छैनौं ।” क्याम्पस प्रमुख रावलले भने, “हामीलाई आशा छ हाम्रो लालपुर्जा भएक्प जग्गा फिर्ता हुन्छ । उपभोग गर्न पाउँछौं ।”
वीरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय टीकापुरको नाममा रहेको ५० बिघा जग्गा पनि अतिक्रमणमा छ । बिधालयले सोही जग्गा आफ्नो भन्दै वडामा निवेदन दर्ता गराएको प्रधानाध्यापक फणेन्द्र राज रेग्मी बताउँछन् । “२०६३ साल मंसिरमा टीकापुर नगर विकास समितिले वीरेन्द्रलाई ५० बिघा जग्गा दिने निर्णय गरेको थियो । त्यो निर्णयको आधारमा अतिक्रमणमा परेको ५० बिघा जग्गा बिधालयको हो ।” उनले भने, “लालपुर्जा नभए पनि निर्णय गरिसकेको जग्गा बिधालयले भोगचलन गर्नेगरी खाली हुनुपर्छ भन्नेमा हामी छौँ ।” उनले लालपुर्जा नदिए पनि भोगाधिकारको पुर्जा दिएको बताए । बिधालयले अतिक्रमणमा परेको ५० बिघा जग्गामा १० बिघा जग्गा प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई उपलब्ध गराइसकेको छ ।
खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलले पनि आठ बिघा जग्गाको हक दावी गर्दै वडा कार्यालयमा निवेदन दिएको छ । स्कुलमा प्राविधिक विषयको अध्ययनका लागि २०६३ फागुन २७ गतेको टीकापुर नगर विकास समितिको निर्णय अनुसार स्कुललाई आठ बिघा जग्गा उपलब्ध गराउने र सो जग्गा बिक्री गरेर दुई करोडको अक्षयकोष निर्माण गर्नेगरी उपलब्ध गराएको प्रधानाध्यापक हिरिण्डेराज शर्माले बताएका छन् । “स्कुललाई बिक्री गरेर त्यसबाट प्राविधिक विषयको अध्ययन सुरु गर्नका लागि समितिले जग्गा उपलब्ध गराएको थियो । पछि त्यो जग्गा बिक्री गर्न नपाउँदै अतिक्रमणमा पर्यो ।” उनले भने, “हामीलाई ब्लु प्रीन्ट नक्सा पनि उपलब्ध भएको थियो । तर लालपुर्जा भने हामीसँग आइसकेको थिएन ।”
जग्गाको विवाद नआएको अवस्थामा निस्सा वितरण गर्ने वडाको योजना चार संस्थाको निवेदनले तत्कालका लागि सरेको छ । लालपुर्जा भएको जग्गाको समस्या समाधान हुने कुरामा समस्या देखिएको छ । फारम भरेर जग्गाको आशामा बसेका वडा नं. १ का सुकुम्बासी मुक्तकमैयाहरुलाई जग्गा प्राप्तिमा समय लाग्ने भएको छ । एकै दिन सुचना जारी भएपनि उता वडा नं. ३ मा भने जग्गाको निस्सा वितरणका लागि सुचना आव्हान भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *