शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर २३ माघ / अनुपमा कंक्रिट ब्लक उद्योग टीकापुरको पाँचौं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।
अनुपमा कंक्रिट ब्लक उद्योगका सञ्चालक तेजबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नरगपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम आचार्यले अब भाषणले नभई कासनले देश चल्ने बताउँदै विकासको एक महत्वपूर्ण पाटो व्यवसायी भएको बताएका छन् । उनले व्यवसायकै कारण सरकारको राजश्वको मुख्य स्रोत हुने भएको बताउँदै कोरोनाका कारण व्यवसायीहरु ठूलो मारमा परेको बताएका छन् ।
‘टीकापुर नगरपालिकाले व्यवसायीका लागि केही राहात गरेको देखिन्छ । अझै पनि हामी व्यवसायीसँगको समन्वय र सहकार्यलाई निरन्तर जोड्ने छौं ।’ वडाअध्यक्ष आचार्यले भने, ‘अहिले सत्ती भन्सार नाकाबाट नागरिक–हरुको आवागमन बन्द हुँदा टीकापुरको व्यवसाय बढेको छ । त्यो पनि व्यवसायीका लागि खुसीको कुरा हो ।’
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि रामबहादुर भण्डारीले कोरोनाका कारण बिक्षिप्त भएको व्यवसायिक यात्रालाई गति दिनका लागि पनि यस्ता साँस्कृतिक कार्यक्रमहरु आवश्यक रहने बताएका छन् । उनले कोरोनको संक्रमणका बेला व्यवसाय बन्द गरी घरभित्र बस्न भएका व्यापारीहरुको व्यवसाय चौपट भए पनि तिर्नुपर्ने तिरोबाट भने उन्मुक्ति नपाएको बताएका छन् ।
उद्योगका पर्शुराम चौधरीले स्वागत गरेको कार्यक्रममा थुपै्र कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । मोडल तथा नृत्याङ्गना झरना बोहरा, गायक दिनेश बजगाई, गायक योगेश भट्ट, टीकापुर डान्स एकाडेमी, मनिष खड्कालगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन पत्रकार झलनाथ खनाललले गरेका थिए ।