अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी १९ माघ /
नेपाल पंक्षी संरक्षण संघ र डल्फिन,जलचर तथा जैबिकबिबिधता संरक्षण नेपाल कैलालीको सयुक्त आयोजना बिश्व सिमासार दिवसको पुर्ब शन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चरा अवलोकन तथा बिश्व सिमसार दिवसको अवसरमा टीकापुर भजनी डल्फिन पर्यटकिय सर्किट क्षेत्र टीकापुर नगरपालिका वार्ड नम्बर ७ बैदी ढुंगानाटोलमा भएको थियो । डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड सदस्य कृष्णलाल धमाला रहेका थिए ।
संस्थाकि उपाध्यक्ष कल्पना ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम बिशिष्ट अथिती नेपाल पंक्षी संरक्षण संघका प्रतिनिधि एबम चराबिज्ञ हिरुलाल डगौराले डल्फिन क्षेत्रमा रहेका चराहरु ,सिमसार क्षेत्र र सिमसार दिवसको बारे प्रष्ट पार्दै डल्फिन क्षेत्रमा चराहरुको अवलोकन समेत गराएका थिए बनदेवि सामिदायिक बन उपभोक्ता समूह भजनी नगरपालिका वार्ड नम्बर २ का सदस्य प्रशुराम चौधरी लगाएतले आफ्नो धारण राखेक थिए भने कार्यक्रम संचालन महासचिव जय प्रसाद ढुंगानाले गरेका थिए ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *