शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०३ मंसिर /
कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बंगुर पालन गर्दै आउनुभएको छ ।स्थानीय पत्रकारितासँगै व्यवसायमा लाग्नुभएका बुढा बंगुर पालन व्यवसायमा एकाएक अफ्रिकन स्वाईन फिभरले निकै ठूलो क्षति पुगेको छ । अफ्रिकन स्वाईन फिभरका कारण बुढाको कारण ९५ लाख २० हजार बरावरको क्षेति भएको छ । फार्ममा रहेका चार सय ३२ बंगुर मरेपछि उहाँले ठूलो क्षति व्यहोर्नुपरेको हो ।
भजनी नगरपालिका पशु सेवा शाखले तयार गरेको प्रतिवेदनमा फार्ममा ९५ लाख २० हजार बराबरको क्षेति विवरण उल्लेख गरेको छ । बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको नामबाट व्यावसायिक बंगुर पालन गर्न्दै आउनुभएको बुढा निकै चिन्तित बनाएको बताउनुहुँन्छ । “बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ ।” बुढाले भन्नुभयो, “कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरालागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधारहरू पनि समाप्त भएका छन् ।”
फार्ममा बचेका बचेका बंगुर पनि नष्ट गर्नु पर्ने पशु सेवा विभाग काठमाण्डौका डा. मुकुल उपाध्यायले बताउनुभयो । “जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ । त्यसको संक्रमण अन्यत्र नसर्न दिनका लागि बचेका बंगुरहरु पनि नष्ट गर्नुपर्छ ।” उपाध्यायले भन्नुभयो, “यो संक्रमण अन्त फैलियो भने त्यसले महामारीको रुप लिन सक्छ र जोखिम बढ्न सक्छ ।”
असोज पहिलो साताबाट फार्ममा बंगुर मर्न थालेपछि पशुपंछि अन्वेनषण प्रयोगशाला धनगढी र केन्द्रिय प्रयोगशाला काठमाण्डौमा ल्याव परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पोजेटिभ देखिएको हो । बंगुरमा महामरी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरीएको छ । भजनी नगरकार्यपालिकाले प्रदेश तथा संघिय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निणर्य गरेको छ । कार्तिक १५ गते पशुपंछि रोग अन्वेषण प्रयोगशाला धनगढी, र केन्द्रिय प्रयोगशाला काठमाण्डौमा अफ्रिकन स्वाईन फिभर पोजेटिभ देखिएको हो ।
बंगुर प्रजातीमा देखा पर्ने यो महामारी रोग केहि वर्ष पहिला अमेरिका र त्यसपछि चिनमा देखा परेको थियो । अफ्रिकन स्वाईन फिभरका कारण बंगुर मर्न थालेपछि गृह सचिव विनोदप्रकाश सिह, पशु सेवा विभाग काठमाण्डौ डा. मुकुल उपाध्याय ,पशुपंछि रोग अन्वेषण प्रयोगशाला धनगढी डा. नरेसप्रशाद जोशी , भेटेरीनरी अस्पताल कैलालीका डा.हेमराज अवस्थी समेतले स्थलगत अनुगमन गर्नुभएको थियो ।
फार्ममा अझै पनि केही बंगुर जिवित छन् । फार्मका सञ्चालन बुढाले राहतको पर्खाइमा बचेका बंगुर नष्ट गर्न सक्नुभएको छैन । उता नगरपालिकाका नगर प्रमुख केवल चौधरीले संक्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले संकलन गरेर प्रदेश र संघीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताउनुभयो ।