शेयेर गर्नुहोस
टीकापुर २१ कार्तिक /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा आफ्नै बसको चक्का किचेर बस चालकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नं.१ का अन्दाजी ४२ वर्षीय विष्णु देवकोटाको बसबाट झर्ने क्रममा बसको चक्कामा पस्दा मृत्यु भएको हो । दुई बसको यात्रुका लागि प्रतिस्पर्धा हुँदा ना ५ ख ५८७२ नम्बरको बसले बस मालिक समेत रहनुभएका देवकोटाले चल्दै गरेको बसबाट झर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले बताउनुभएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका देवकोटाको उपचारको लागि टीकापुर अस्पतालमा मृत्यु भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । नगरपालिकाको वडा नं. १ को खडक चोक मुख्य सडकमा सवारीसाधन रोक्न निषेध गरिएको भएपनि बस चालकहरूले यात्रुका लागि बीच सडकमै बस पार्किङ गरेर यात्रु खोज्ने गरेका छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।