आरएमईलाई बेस्ट स्कुल अफ द एयरको अवार्ड

शेयेर गर्नुहोस


टीकापुर २९ असोज /
टीकापुरस्थित रेडियन्ट मन्टेश्वरी इङलिस आरएमई स्कुलले बेस्ट स्कुल अफ द एयर २०२२ अवार्डबाट सम्मानित भर्को छ ।
विगत पन्ध्र वर्षदेखि शिक्षाका हरेक गतिविधिमा विभिन्न कार्यक्रम गरिरहेको कलेज रिडर्स म्यानेज ले दुबईमा गरेको एक समारोहमा टीकापुरस्थित आरएमई स्कुलले नेपाल एजुकेसन अवार्ड मार्फत सुदूरपश्चिममै उत्कृष्ट विद्यालय घोषित भइ उक्त अवार्ड जित्न सफल भएको हो । विद्यालयका प्रिन्सिपल तेजराज खनालले विद्यालयले स्थापनाकालदेखि नै विभिन्न शैक्षिक र सामाजिक गतिविधि गरेबापत विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानित भएको र यस्ता प्रोत्साहनले आगामी दिनमा आफूहरुलाई अझै प्रोत्साहित गर्ने बताएका छन् । उक्त कार्यक्रममा निर्णायकका रुपमा पोखरा विश्वविद्यालय का रजिस्टार प्प्रोफेसर दिपक राज भण्डारी रहेका थिए । बिध्यालय को उत्प्रेरणा र उत्थान को लागि उक्त कार्यक्रम गरियको कलेज रिडर्स म्यानेज सिइयो जितेन्द्र घिमिरेले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *