उचित बासको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस


भजनी ११ साउन /
डिभिजन वन कार्यालय पहलमानपुरले करिब दुई दशकदेखि बसोबास गर्दै आएको स्थानबाट कुनै जानकारी नदिइ घर भत्काएको भन्दै पीडितहरुले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
डिभिजन वन कार्यालयले १८ वर्षदेखि भोगचलन गर्दै आएको सो जमिनका घर भत्काएपछि भजनी नगपालिकाले सुरक्षित आवासका निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरी दीर्घकालीन रुपमा व्यवस्थापनको पहल गरिदिन भन्दै पीडितहरुले नगर प्रमुख केवल चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख चौधरीले पीडितको पक्षमा काम गर्न अग्रसर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘घर भत्काएको बिषयमा बुझ्दै छु तपाईहरुको समस्या समाधान गर्न पहल गर्छु ।” नगर प्रमुख चौधरी भने, “स्थानीय सरकारले गर्न सक्ने समन्वय र पैरवीका लागि निरन्तर लाग्नेछ ।” भजनी नगरपालिका वडा नं. १ मा रहेको ४ वटा बस्तीका एक सय ७ घरटहरा यही असार १० गते वनले भत्काइ दिएको थियो । वन कार्यालयले ४ बस्तीका एक सय ७ घरटहरा भत्काई दिए पछि झण्डै चार ३५ मानिस विचल्लीमा परेको पीडित वसन्त नेपालीले जानकारी दिएका छन् ।
कुनै सूचना टाँस नगरी बस्तीमा ४ वटा डोजर ल्याइ घरटहरा भत्काएपछि मानिस विचल्लीमा पर्दै आएको उनले बताए। उक्त जमिनमा बस्दै आएका मानिसले घरवहाल, बहाल विटौरी कर समेत बुझाउने गरेको पाइएको छ । ‘बस्तीमा नगरपालिकाले ग्राभेल हालेको छ भने बस्तीका मानिसहरु विद्युत उपभोग पनि गर्दै आएका छन् ।” उनले भने ‘चारकिल्ला प्रमाणित पनि छ । २०८० सालमा भूमि आयोगले समेत जग्गाको नाप नक्सा गरी छुटयाइ दिएको चिनारी पनि ताजै छ ।”

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *