शेयेर गर्नुहोस
टीकापुर २८ कार्तिक /
नागरिक उन्मुक्ति पार्टीका युवा संगठनका कैलाली क्षेत्रीय संयोजक निराजन रावल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसको भात्री संगठन नेपाल तरुण दलले आयोजना गरेको क्षेत्रीय भेलामा क्षेत्रीय संयोजक रावल सहितका दर्जनौं युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. १ प्रदेश “खा” का उम्मेदवार डा. रणबहादुर रावलले रावल सहितको टीमलाई पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेता रावलले युवाहरुको संरक्षणमा आफ्नो विशेष ध्यान जाने बताएका छन् । “युवाहरु नै यो देशको मुख्य स्रोत हो । देशको नेतृत्व तहमा युवाहरुको भुमिका स्थापित गर्नमा मेरो सधै साथ रहने छ ।” डा. रावलले भने, “देशको बागडोर सम्हाल्ने जिम्मा पनि युवाहरुको जिम्मामा छ । त्यसबाट युवाहरू विचलित हुनुहुँदैन ।
उनले टेक्ने फेद र सम्मात्ने हाँगा नभएकाहरुसँग धेरै आशा गर्न नसक्ने बताउँदै आफ्नो भविष्य सुनिश्चित नभएकाहरुले अरुको भविष्यलाई स्थापित गर्न नसक्ने बताए । “आज जो सँग कुनै एजेण्डा नै छैन । उसरी भन्दा न टेक्ने ठाउँ छ, न समात्ने हाँगा ।” रावलले भने, “त्यहाँ लागेर भविष्य सुनिश्चित हुनसक्छ ? त्यसैले समयमै हामिले आफ्नो भविष्यको सुनिश्चितता गर्दै सहि मार्गमा लाग्नुपर्छ ।”
उम्मेदवार रावलले अहिलेको निर्वाचन आम निर्वाचन मात्रै नभई एउटा जनमत संग्रह जस्तै भएको बताउँदै यस्तो संवेदनशील सयममा कोहि पनि बिचलित नहुन आग्रह समेत गरेका छन् । “हामी निकै संवेदनशील समयमा छौं । मंसिर ४ गतेले एक चुनाव मात्रै सम्पन्न गर्दै छैन ।” रावलले भने, “यसले देशको भाग्य र भविष्य समेत कोर्ने छ । हाम्रो देशको विकास र समृद्धिको मार्गचित्र कोर्ने छ । त्यसैले सक्षम ब्याक्तीलाई हामीले नेतृत्वमा पुर्याउन चुक्नुहुँदैन ।”