उन्मुक्ति पार्टी भित्रको किचलो उत्कर्षमा

शेयेर गर्नुहोस


टीकापुर २० चैत /
नागरिक उन्मुक्ति पार्टी भित्रको किचलो उत्कर्षमा पुगेको छ ।
पार्टी भित्रका दुई पक्ष अर्थात पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष बिच हात हालाहालको स्थिति सिर्जना भएको छ । नागरिक उन्मुक्ति पाटीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने भन्दै आफुमाथी आक्रमण भएको दाबी गरेका हुन् ।
नागरिक उन्मुक्तिको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो । तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला भएपछि बैठक समयमा सुचारु नहुँदै अनौपचारिक छलफलकै क्रममा विश्वकर्मा सहित पार्टीका अर्का केन्द्रिय सदस्य रामलाल डगौरा थारु माथी आक्रमण भएको बुझिएको छ । ‘पार्टी अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो । त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो ।” उनले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो । त्यसपछि बस्ने भनिएको बैठक सुरु हुन सकेन ।’
केन्द्र सरकारमा सहभागी नहुने भन्दै एक थरी नेताहरूले अडान लिएका बेला सरकारको समर्थनका लागि ह्विप जारी गरेकी पार्टी अध्यक्ष श्रेष्ठले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गराउन भ्याएकी थिइन । सरकारमा सहभागी हुने विषयमा यसभन्दा पहिले पार्टीका नेता दामोदर पण्डितको संयोजकत्वमा बार्ता टोलि बनाएको थियो । नेता पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न योजनाअनुसार कुरा हुँदै गर्दा बालुवाटार गयौं भने बालुवाटार बाहिरै पिट्छु चेतावनी रेशमले दिएपछि आफुहरुले विरोध गरेको नेता बिकले बताएका छन्
उता पार्टीका संरक्षक चौधरीले पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्कि कसले दियो ? भन्दै सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् । उनले लेखेका छन् “सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।”
उनले पार्टीको निर्णय नमान्नेलाई कारबाही गरिने बताएका छन् । चौधरीले पार्टी पार्टीका पदाधिकारीले नभई अहिलेको वर्तमान सरकारले चलाएको आरोप पनि लगाए । आफैले रोपेको बिरुवा अरुले काटेको हेर्न नसक्ने भन्दै घरकै मान्छेको साथ नपाएको चौधरीले बताएका छन् । सोमबारको विवादपछि बैठक बस्न नसक्दा पार्टीका महासचिव गंगाराम चौधरीले पार्टीको केन्द्रिय कमिटीको बैठक चैत २३ र २४ गतेका लागि आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *