एउटै वर्षका लागि दोस्रोपटक बजेट

शेयेर गर्नुहोस


टीकापुर ०१ असोज /
चालु आर्थिक वर्षको लागि गत आर्थिक वर्षको असार १ गते नै बजेट ल्याएको सुदूरपश्चिम सरकारले सोमबार फेरि नयाँ बजेट ल्याएको छ ।
त्यसबेलामा प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले ल्याएको बजेट केन्द्रिय सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सभाबाट पास नहुँदा नयाँ बनेको वर्तमान प्रदेश सरकारले लामो समयको अन्तराल पछि बजेट लाएको हो । अहिले ल्याएको बजेटले नयाँ कार्यक्रमका साथ ल्याइएको छ । यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको ३१ अर्व ६२ करोड ९८ लाख २८ हजार बजेट नयाँ कार्यक्रमका साथ ल्याइएको हो ।
आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा आर्थीक वर्ष २०८१/०८२ को लागि उक्त बजेट प्रस्तुत गरेका हुन । जसमा चालु तर्फ १२ अर्व ८५ करोड ७४ लाख ५ हजार (४०.६५ प्रतिशत) र पुजिगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) विनियोजन गरेको उनले बताएका छन् । त्यस्तै वित्तिय व्यवस्था तर्फ एक करोड अर्थात (०.०३ प्रतिशत) विनियोजन गरिएको छ ।
यसअघि आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ल्याएको बजेटमा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार (५५.४२ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार (९.५ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १० करोड (०.३१ प्रतिशत) विनियोजन गरिएको थियो ।
सोमबारको प्रदेश सभाको बैठक नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने बहिस्कार गरेका थिए । विपक्षीको विवादमा बाबजुद पनि प्रदेश सभामा बजेट प्रस्तुत भएको छ । प्रदेशको बजेट पास हुन नसक्दा प्रदेशको खर्च दुई महिनादेखि उधारोमा चल्दै आएको छ । उता प्रदेश मातहतका कर्मचारीहरुले।दुई महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । स्थानीय तहमा जाने बजेटको सुनिश्चितता नहुँदा स्थानीय तहमा पनि बजेट सन्तुलन मिलाउन समस्या भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *