एकता सभाका लागि छलफल

शेयेर गर्नुहोस

टीकापुर १० मंसिर/
नेपाली कम्युनिस्ट पार्टीको सुदुरपश्चिम एकता सन्देशसभालाई भब्य रुपमा सम्पन्न गर्न टीकापुरमा छलफल गरिएको छ ।
सभालाई व्यवस्थित र धेरै नेता तथा कार्यकर्ताको सहभागिता गराउने सन्दर्भमा छलफल भएको हो । १२ राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा यहीँ मंसिर १२ गते धनगढीमा हुँदैछ । सभामा टीकापुरबाट सहभागी हुने नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहने गरि आवश्यक तयारी थालिएको तत्कालीन नेकपा माओवादी केन्द्रका टीकापुर नगर कमिटी अध्यक्ष धनसिंह साउँदले जानकारी दिएका छन् ।
पार्टी नेतृ रुपा चौधरी बाम कम्युनिस्टको मुलधार बनाउने उद्देश्यले एकता भएको उल्लेख गर्दै १२ गतेको एकता सभालाई ऐतिहासिक सन्देश दिने खालको बनाइनुपर्ने बताइकी थिइन् ।उनले सबैलाई समेट्ने गरी र सबैलाई सहभागी हुने गरी अगाडि बढ्नुपर्ने हबताउँदै एकता सभामा ५० हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको बताएकी छन् ।
एकता सभाका लागि वडा हुँदै पालिकामा जनपरिचालनका लागि समिति चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *