शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०८ बैशाख /
टीकापुरमा बालश्रम मुक्त नगरपालिका घोषणा सम्बन्धि कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको आयोजना तथा बालकल्याण संघ टीकापुर र वल्ड भिजन इन्टरलेशलको सहकार्यमा बालश्रम मुक्त नगरपालिका घोषणा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो । टीकापुर नगरपालिकाकी नगर उपप्रमुख केशरी बिष्टको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत तथा कार्यक्रम बारे प्रकाश बाल कल्याण संघका परियोजना प्रमुख सुगम रेग्मिले गरेका थिए ।
कार्यक्रमका प्रशिक्षक बाल कल्याण संघका कार्यक्रम अधिकृत पदमराज भट्टले बालश्रम ऐन २०५६ सम्बन्धि जानकारी दिदै १८ वर्ष मुनिका बालबालिकालाई बालक भन्ने गरेको बताउँदै बालश्रम ऐन २०५६ अनुसार बालकले काम गर्ने हकको बारेमा समेत जानकारी दिएका थिएका थिए। उनले कार्यक्रममा १४ वर्ष पूरा भएका बालबालिकालाई श्रम मन्त्रालयले तोकिए बमोजिम काम गर्न पाउने प्रबधान रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा प्रशिक्षक भट्टले कुनै व्यक्तिले वा बालकका संरक्षमले बालकलाई काम लागाउन खेज्ने हो भने श्रम मन्त्रालयबाट श्रम स्वीकृत लिई बालकले काम गर्न सक्के काम मात्र गर्न लगाउने प्रभधान रहेको बताउँदै त्यो भन्दा उपरान्त काम गराएको भेटाए एक वर्ष जेल सजाए र ५० हजारसम्म जरिवाना रहेको समेत बताएका छन् । उनले नेपालको संविधान २०७२ को धारा ३९ मा भएको व्यवस्था सम्बन्धि जानकारी दिदै प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुने गरेको बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका महिला बालबालिका शाखाकी महिला विकास निरीक्षक संगिता शाहले बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि सम्बन्धि जानकारी दिएकी छन् । उनले घोषणा कार्यविधि अन्तर्गत कार्यविधिको उदेश्य, बालश्रम मुक्त घोषणाका सुचक र लक्षित क्षेत्र लगायतको जानकारी दिदै अहिले सम्म ५० वटा पालिका बालश्रम मुक्त पालिका भइसकेको समेत बताएकी छन् ।
कार्यक्रममा सहभागीको तर्फबाट रत्ना सुनार, बद्री जैशी, मुक्ति रेग्मी लगाएतले आफ्ना भनाई राखेका थिए भने कार्यक्रमको संचालन टीकापुर नगरपालिका महिला बालबालिका शाखाकी सहयक महिला विकास निरीक्षक अस्तृर्नी चाैधरीले गरेकी थिइन ।