जानकीमा एकीकृत समाजबादीका उम्मेदवारको नाम सिफारिस

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ बैशाख /
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) जानकी गाउँ कमिटी को बैठकले आगामी बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि जानकी गाँउकमिटी तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । जसअन्तर्गत अध्यक्षमा राम प्रसाद चौधरी , भुपेन्द्र शाह र मान बहादुर सोडारि छन भने उपाध्यक्षमा चन्द्रा बि .क , आशा चौधरी ,र कोकिला साँउद रहेका छन । अध्यक्षमा सिफारिस भयका राम प्रसाद चौधरी जानकी गाउँपालिकाका लोकप्रिय नेता का रुपमा चिनिन्छन । लामो राजनीतिक सङघर्षबाट उदायका चौधरी को ईमान्दारिता र मेहनत ले जनता ले उनलाई बिश्वास गर्ने गरेका छन । अहिले जानकी गाउँ पालिकाको उम्मेदवार सिफारिस हुदा समर्थक र कार्यकर्ता माझ निकै उत्साह थपियको छ । अध्यक्षका अर्को उम्मेदवार भुपेन्द्र शाह पनि बिधार्थी राजनीति बाट उदाएका नेता हुन । स्थानीय स्तरमा राम्रो पकड भयका नेता शाह अहिले अनेरास्ववियु केन्द्रीय कमिटी को उपमहासचिव हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *