शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०२ चैत/
ईलाका प्रहरी कार्यालयको टोलिले एघार बर्षपछि एक फरार अभियुक्तला पक्राउ गर्न सफल भएको छ ।
ज्यान मार्ने मुद्दामा फरार रहेका मिनबहादुर शाहिलाई टीकापुरको ज्योतिनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन। उनका अनुसार २०६५ असार २७ गते शाहिको नाममा पिडित खुसिराम चौधरीको ज्यान मार्ने उधोगमा जानकी गाउपालिका वडा नं. ३ का देशलाल चौधरीले ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेर गरेका थिए । अझै जाहेरी दिएका एक जना अझै फरार अबस्थामामै रहेको प्रहरी निरीक्षक बमले बताएका छन ।