कर्मचारी माथी निगरानी बढाउँदै स्थानीय तह

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २७ असार /

यहीँ असार २० गते टीकापुर नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका मातहतका कर्मचारीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न निर्देश गर्यो ।
कर्मचारीहरुले कुनै पनि संस्थागत कुराहरूलाई सामाजिक सञ्जाल मार्फत संस्था र ब्याक्तीलाई आँच आउने विषयवस्तु सामाजिक सञ्जालमा नराख्न निर्देशन गरेको थियो । त्यसैलाई पछ्याउँदै भजनी नगरपालिकाले पनि कर्मचारीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर सिंहद्वारा हस्ताक्षर गरिएको सूचना अनुसार कर्मचारीहरुलाई कार्यालय तथा कुनै पनि कर्मचारीहरुलाई लक्षित गरेर सामाजिक सञ्जालको दुरुपयोग नगर्न निर्देशन दिएको छ । सूचनामा संस्था वा कुनै ब्याक्तीलाई आँच आउने गरि सामाजिक सञ्जालमा कुनै पनि प्रतिक्रिया नदिन भनिएको छ । त्यतिमात्र होइन यदि त्यस्तो भेटिएको अवस्थामा कानुन बमोजिमको कारबाही भैजाने कुरा समेत उल्लेख छ ।
यस्तो निर्देशनले माथिल्लो तहका कर्मचारीहरुलाई कार्यालयका कामकाजमा झन बढी गैरजिम्मेवार बनाउने र त्यसले अझै अनियमितताका घटनाहरूलाई प्रोत्साहन गर्ने काम गरेको स्थानीयको भनाई छ । भजनी नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख छाया देवकोटाले कार्यपालिकामा भएका निर्माण सार्वजनिक गर्ने र पालिकामा भएका गतिविधिलाई नागरिकसामु पुर्याउनका लागि आधिकारिक ब्याक्ती तोकेको अवस्थामा भन्दा अन्य अबस्थामा अहिलेको निर्देशनको औचित्य नहुने बताएकी छन् ।
“आफैलाई पीडा हुनेगरी कसैले प्रहार गरेको खण्डमा पिडित चुप लागेर बस्ने अवस्था हुँदैन उसले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ र शाखामा तेस्रो ब्याक्तीले आएर गलत गर्न खोजेको खण्डमा पनि उसलाई कसैले रोकावट गर्न सक्दैन र गर्न पनि मिल्दैन ।” निवर्तमान नगर उपप्रमुख देवकोटाले भनिन्, “नत्र नगरपालिकाका गतिविधि नागरिकसामु पुर्याउनको लागि आधिकारिक ब्याक्ती तोकिनुपर्छ । त्यसैमार्फत पालिकाका हरेक गतिविधिको जानकारी दिनुपर्छ ।” उनले कर्मचारीलाई दिइएको निर्देशनलाई दोहोरो तरिकाले बुझ्न सकिने बताएकी छन् ।
स्थानीय केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने त्यसको विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *