काँग्रेसको दोस्रो प्यानलको पनि उम्मेदवारी घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २३ कार्तिक /
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको चहलपहल बढेको छ ।
कैलालीमा क्रियाशील सदस्यता विवादका कारण अनिश्चित हुँदै गएको महाधिवेशनको मिति तय भएपछि नेतृत्वका लागि आकांक्षीहरु आफ्नो पक्षमा सदस्यहरुलाई पार्न लागिपरेका छन् । काँग्रेसमा नेतृत्वको लागि प्यानल नै बनाएर नेतृत्व निर्वाचनमा होमिएको छ । यहि कार्तिक २७ गते हुने वडाको महाधिवेशनका लागि टीकापुर नगरपालिका वडा नं. १ मा दुई प्यानल चुनावी मैदानमा देखिने भएका छन् । नेपालकै जनसंख्याको हिसाबले सबैभन्दा ठूलो वडाको रुपमा रहेको टीकापुरको वडा नं. १ लाई विशेष महत्त्वका साथ हेर्ने समेत गरिएको छ ।
मंगलबार अर्को समुहले पनि वडामा चक्र बहादुर बटालाको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । जस्को उप सभापतिमा निरक बहादुर रावल, ज्ञानेन्द्र बहादुर शाह, सचीवमा लोक बहादुर बिष्ट, कमलराज रेग्मी, सह सचीवमा रुपक बहादुर बिष्ट, देवीलाल जोशीलाई अगाडी सारेको छ ।
सदस्यमा खुला पुरुषतर्फ दिलिप रावल, राजेन्द्र बिक्रम शाह, गोपिराज ढुंगाना, लालकेश उपाध्याय, उपेन्द्र खनाल, हंशराज रावल, डम्बर शर्मा र मनप्रसाद न्यौपाने रहेका छन् ।
सदस्यको खुला महिला तर्फ गौमती रेग्मी, राजपुरा शर्मा, यशोदा उपाध्याय रिमाल, हस्तना बटालाको उम्मेदवारी परेको छ । समानुपातिक समावेशी तर्फको पुरुषमा हेमन्त रावल, रनसिंह साउँद र महिलामा सुशीला पण्डित रहेका छन् । थारुतर्फ पुरुषमा बाधुराम चौधरी, रमेश चौधरी र महिलामा चाँदनी चौधरी, कैलाशपती चौधरीले उम्मेदवारी दिएका छन भने, दलिततर्फ मीन बहादुर विश्वकर्मा रहेका छन् ।
उता क्षेत्रीय प्रतिनिधिमा रमेश के. सी., नवराज रावल, प्रकाश शाह, राजकुमार हमाल, धनराज उपाध्याय, रणबहादुर रावल, धनबहादुर शाही, धिजराज रेग्मी, रामचन्द्र शर्मा कट्टेल, किर्तिसिंह बम, सुरत बहादुर बिष्ट, बम बहादुर बम,नमराज शाही, नरेश कुमार खत्री, राम बहादुर भण्डारी, लोकबहादुर खड्का, योगेश रावल, मोतीराम भण्डारी, विरेन्द्र रावल, मुक्तिनाथ रेग्मी, उदयराम अधिकारी, दिपक रिमाल, कमल कार्की, मोहनसिंह धामी, आनन्द हमाल, तपेन्द्र कुँवर, बलबहादुर बोगटी, तारामान रावल, टेक बहादुर रावल र प्रम बहादुर बिष्ट रहेका छन् ।
त्यस्तै खस आर्य तर्फबाट मोहननाथ योगी, परमानन्द पाण्डे, धनञ्जय रिमाल, सुर्य रावल, शिवलाल तिवारी, जनक बहादुर रावलको उम्मेदवारी रहेको छ । थारुमा लौटन चौधरी, जितबहादुर चौधरी, धनिराम चौधरी, बाबुराम चौधरी, जंगलाल चौधरी, तेजबहादुर चौधरी र बन्ध प्रसाद चौधरी रहेका छन् । खुला महिला तर्फमा विष्णुदेवी रावल, पवनदेवी तिमिल्सिना, केशरी देवी सोडारी,कृष्णादेवी भण्डारी, सुनिता अधिकारी, कलावती स्वाँर, गौरी शाह, हस्ता भण्डारी, नेत्रा थापा, सरिता रावल, सरस्वती शाह, धनसरा रावल, नितु शाह र कमला बटालाको उम्मेदवारी रहेको छ ।
खस आर्य महिलातर्फ सीता कुमारी बिष्ट कार्की, विन्देश्वरी शाह, अनु हमाल, विषु रावल, ममता ढुंगाना र भजन भण्डारी रहेका छन् भने, थारु महिलामा मनतुरनी चौधरी, गिता चौधरी, सपना चौधरी, रिता चौधरी, जगत्रा चौधरी, हिराकुमारी चौधरीको उम्मेदवारी रहेको बताइएको छ । त्यस्तैगरी मुस्लिममा अकबर अलि कुरैसी, अपाङ्गतामा तप्तराज अधिकारी, आदिवासीमा चक्रबहादुर अस्लामी मगर, दलित महिलामा ललिता सुनार, सुशीला टमट्टा, दलित पुरुषमा राजेश कुमार टमट्टा र देवबहादुर सुनार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *