कैलालीका २३ जना कोरोना संक्रमित

शेयेर गर्नुहोस


समाधान समाचार / कैलाली,१६ साउन/ सेती अस्पतालको प्रयोगशालामा आज मात्रै कैलालीका २३ जनामा संक्रमण पुष्टि भएको छ।
बाँकी तीन जना बझाङ र कञ्चपुरका छन्। कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो।धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का एक जना, वडा नम्वर ७ का चार जना, वडा नम्वर ८ का एक जना, वडा नम्वर ११ का एक जना, वडा नम्वर १२ का तीन जना, वडा नम्वर १४ का पाँच जना र वडा नम्वर १८ मा एक जना गरी १६ जनामा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।
यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एक÷एक जनाा कोरोना देखिएको छ। सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ। आज २६ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *