कैलालीमा डल्फिन गणना हुँदै

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १८ भदौ/
कैलाली जिल्लाको दक्षिण पुर्ब क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण सर्किट क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलाली पहिलो पटक डल्फिन गणना गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिनुभएको छ ।
टीकापुर-भजनी डल्फिन संरक्षण सर्किट क्षेत्र १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया संगम, जनकपुर (बेलुवाघाट),सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया संगम, गैरी पथरिया संगम,काढानदि पथरिया संगम,पथरिया काढा मोहना त्रिवेणी,रेप्टीकुलो मोहना नदी संगम,कुशमघाट(मरियाघाट),कुसमघाट मोहना पथरिया संगम,तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक,चौकुर्दी कर्णाली मोहना संगम,कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुंगानाले बताउनुभएको छ ।
यस अघि डल्फिन ५ बर्ष अघि एक पटक गणना गरिएको थियो । आज भन्दा बिस वर्ष पहिले सयौंको संख्या देखिने डल्फिन २०७३ सालमा गणना गर्दा ६५ वटाको गणना गरिएको थियो ।भने २०७५ सालमा गणना गर्दा ५५ वटा डल्फिन देखा परेका थिए । अध्यक्ष ढुंगानाका अनुसार अनुमानि तथ्यांक अनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन ।
पछिल्लो तथ्यांक हेर्दा डल्फिनको संख्या बर्सेनि घटिरहेकोले संरक्षणका गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुंगानाको भनाई रहेको छ ।
उहाँले डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीले ओत,कछुवा,गोहि,पंक्षी,लोपोन्मुख माछा,जैविक बिबिधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गैरहेकाले पनि डल्फिन गणना आवश्यक भएको बताउनुभएको छ ।
बर्षातको चार महिना असाढ,श्रावण,भाद्र र असोज महिना पथरिया,काढा,कान्द्रा नदि ,गैरीनाला,रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *