शेयेर गर्नुहोस
झलनाथ खनाल
टीकापुर २९ माघ
कैलालीको टीकापुरमा करिब चार बर्षपछि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । अहिले अन्य खेलकुद प्रतियोगिताहरुको आयोजना हुँदै आएपनी भलिबल खेल नभएको भन्दै यहि फागुन तीन गतेबाट राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबल भएपनी पछिल्लो समयमा अन्य खेल बिधाको तुलनामा भलिबल ओझेलमा पर्दै गएको भन्दै स्थानिय स्तरमा त्यसको जगेर्नाका लागी सिर्जनशील युवा समाज नेपालले फागुनको तीन गतेदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको संयोजक नन्दसिंह बिकले जानकारी दिनुभएको छ । “स्थानिय सरकारले पनि भलिबल खेललाई आफ्नो प्राथमिकतामा राख्ने सकेन । समुदायमा भएका खेलाडीहरु पनि विस्थापित हुँदै गएका छन ।” खेल संयोजक बिकले भन्नुभयो, ” यस्ले कतै भलिबल खेल हराउदै जाने होकि भन्ने त्रास पनि बढाएको छ । त्यही भएर पनि खेलको संरक्षणका लागि जनचेतना फैलाउन पनि खेलको आयोजना गर्न लागेका हौ ।”
उहाँले भलिबल प्रतियोगितासंगै लागुऔषध विरुद्धको जनचेतनामुलक सास्कृतिक कार्यक्रम समेत रहने बताउदै युवाहरूलाई खेल खेलाउनुको साथै खेल प्रती जिम्मेवार भइ फुर्सदको समयमा कुलतमा नभई खेलमा जोडिन आह्वान गरिने बताउनुभएको छ । खेलको बिजेता टीमले नगद पचास हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलको दोस्रो र तेस्रोले क्रमश बीस हजार नगद, प्रमाणपत्र र सात हजार नगद, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ
। फागुन २ गते सम्म आफ्नो टीम दर्ताको लागि समेत आह्वान गरिएको छ भने खेल fivb को मापदण्ड अनुसार खेलाइने जनाइएको छ ।
भलिबल खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बिष्णुराज भाटले पहिले जताततै भलिबल खेलकोमात्र चर्चा हुनेगरेको भएपनी अहिले समुदायस्तरबाटै भलिबल विस्थापितको अवस्थामापुगेको बताउनुभएको छ । “भलिबलमा स्थानिय र प्रदेश सरकारको भुमिका शून्य देखिको छ । अन्य खेलमा सरकारको लगानी बढेपछि खेलाडीहरु पनि अरुनै खेलमा आकर्शीत हुन थालेका छन ।” बिष्णुले भन्नुभयो, ” अब राष्ट्रिय खेललाई बचाउने जिम्मेवारी हामि सबैको छ । खेल बिधा र सबै खेलाडीलाई सरकारले हेर्ने दृस्ठिकोण फरक हुनुपनी हुदैन ।”










