कैलाशको बाढीले अकल्पनीय क्षेती

शेयेर गर्नुहोस


समाधान समाचार
अछाम ०३ भाद्र /
भारी बर्षाका कारण अछामको रामारोशन गाउँपालिका अन्तर्गत कैलाश खोलामा आएक बाढीले तटीय क्षेत्रलाई सखाप बनाएको छ।
मंगलबार राती परेको भारी बर्षाका कारण गजडबजार, मुजाबगर, खालबजार लगाएका बजार तथा खेती योग्य जमिन पुरै बगरमा परिणत भएको अथानियले बताएक छ।एक्कासि आएको बाढिले जयगड रामारोशन सडक खण्डको अधिकांश भाग बगाएको छ। रामारोशन गाउँ गाउँपालिकाको प्रवेशद्वार बगाउनुका साथै क्षेतिको आकलन गर्न सकिने अबस्था नरहेको स्थानिय दिनेश खनालले हाम्रो समाधानलाई जानकारी दिए।
रामारोशन ताल फुटेर यति ठूलो बाढी आएको हुनसक्ने आशंका स्थानीयको छ। केही मानवीय क्षेती पनि हुनसक्ने भन्दै सबै जानकारी आउन बाकि रहेको बताइएको छ। केही घर तथा पसलहरु समेत बाढीले बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *