क्षेत्रका कारण सदस्यताबाट बञ्चित भएको आरोप

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ असोज /
नेपाली काङ्ग्रेसको १४ आउनेजाने महाधिवेशनका लागि लिइरहेका नयाँ क्रियाशील सदस्यताको विषयलाई टीकापुरमा ननेपाली काङ्ग्रेसको आन्तरिक विवाद चरम उत्कर्समा पुगेको छ ।
काङ्ग्रेसले महाधिवेशनका लागि आव्हान गरेको क्रियाशील सदस्यता वितरणमा देखिएको विवादका कारण टीकापुरमा काङ्ग्रेस भित्रका दुईगुट प्रष्ट हुँदा काङ्ग्रेस भित्रको विवाद छताछुल्ल रुपमा बाहिर आएको हो । बिहीबार काङ्ग्रेस सम्बद्ध कार्यकर्ताहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै हालतमा पनि आफुहरुलाई क्रियाशील सदस्यता पाउनबाट बञ्चित गर्न नपाइने भन्दै त्यसका लागि जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहने बताएका छन् । नयाँ क्रियाशील सदस्यता बञ्चित सदस्य समितीले टीकापुर नगरपालिका वडा नं.१ का ५ सय ७७ जनाले सदस्यता पाउनबाट क्षेत्रीय कमिटीले बञ्चित गरेको आरोप लगाएको छ ।
नयाँ सदस्यता बञ्चित सदस्य समुहका संयोजक तारा प्रसाद अधिकारीले वडा, जिल्ला र प्रदेशबाट स्वीकृत भएर आएको नयाँ सदस्यताको फाइल क्षेत्रीय सभापतिले रुजु नगरेकै कारण काङ्ग्रेसको क्रियाशील सदस्यबाट बञ्चित भएको बताएका छन् । “क्षेत्रीय सभापतिले क्षेत्र नं. १ अन्तर्गत २२ वडाबाट आएका फाइल रुजु गर्नुभयो । तर वडा नं. १ को गर्नुभएन ।” अधिकारीले भने, ” सभापति ज्युले हामी माथी अन्याय गर्नुभयो । सदस्यता पाउँछ भनेर आश्वासन दिने, अझै तिनीहरुले सदस्यता पाउनुहुँदैन भनेर आफै अनशन बस्ने ?”
पार्टीको बिधान अनुसार तीन सय रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने ठाउँमा पाँच सय पचास रुपैयाँ तिर्दा पनि सदस्यता नपाउनुमा २०५१ सालदेखि टीकापुरमा देखिदै आएको गुट र उपगुटको पराकाष्ठा भएको संयोजक अधिकारीद्वारा जारी बिज्ञाप्तिमा उल्लेख गरिएको छ । पार्टीलाई बिधिसम्वत अगाडि लैजानु तथा सुधार्नुभन्दा विधि बिधान मिचेर पार्टीलाई बदनाम बनाउँदै बिगार्ने तर्फ यस क्षेत्रका अनुभवी नेताहरू लागिपरेको भन्दै तिनै नेताहरूको मनोकांक्षा परिपुर्ति, क्षणिक फाइदाका लागि आफुहरुको सदस्यता रोकिएको बिज्ञाप्तिमा उल्लेख छ । बिज्ञाप्तिमा भनिएको छ, “५ सय ७७ जनाको क्रियाशील सदस्यता रोकिएको खण्डमा वृहत् रुपमा आन्दोलन गर्ने र त्यसको नकारात्मक असर देशभर पर्न जानुका साथै नेपाली काङ्ग्रेसको स्थिति देश भरिनै नाजुक हुँदै जाने छ ।”
त्यस्तै नेपाली काङ्ग्रेस टीकापुर १ नं. वडा समिती, नगर समिति र प्रदेश समितीले पनि संयुक्त प्रेस बिज्ञाप्ति जारी गर्दै २०७७ चैत २५ गतेदेखि २०७८ बैशाख १ गतेसम्म विधिवत रुपमा सम्पन्न गरि वडा, नगर र प्रदेशको सिफारिस सहित क्षेत्रीय कार्यसमितिमा पाँच सय पचास रुपैयाँ शुल्क तिरेर ५ सय ८१ जनाको क्रियाशील सदस्यला लागि दाखिला गरेकोमा वडा नं. १ को क्षेत्रीय कार्यसमितिले बैंकक नै नबोलाई स्व्यच्छिक रुपले समयमा जिल्ला र केन्द्रमा नामावली नबुझाई अन्योल सिर्जना गरि जागरुक कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने खोजिएको आरोप लगाएको छ ।
प्रदेश (ख) का सभापति प्रकाश शाहले क्षेत्रीय सभापतिले सदस्यता वाफत संकलन भएको १ लाख २३ हजार २ सय २५ रुपैयाँ सहित सदस्यता फारम बुझाएको बताएका छन् । ” सभापतिलाई पैसा बुझ्न हुने नामावली पठाउन नहुने कारण के हुने रहेछ ।” शाहले भने, “५ सय ७७ जनाको जिम्मा सभापतिले लिनु पर्छ । केन्द्रमा गएर अनशन बस्दैमा टीकापुर काङ्ग्रेसको समस्या समाधान हुन सक्दैन ।” उनले सभापति लगाएतका केही नेताहरूकै कारण ५ सय ७७ जनाले क्रियाशील सदस्यता नपाएको बताउँदै पार्टीको बिधान भन्दा ठूलो सम्झौता र राजनीतिक गुटबन्दी भएको बताएका छन् । प्रदेश सभापति शाहले क्षेत्रको एकलौटी निर्णयकै कारण क्रियाशील सदस्यताका लागि एक सय पचास रुपैयाँ बढी तिर्नु परेको बताएका छन् । उनले पार्टीको बिधान अनुसार १४ औं महाधिवेशन हुनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *