खड्ग स्मृतिको सामाजिक परिक्षण सार्वजनिक

शेयेर गर्नुहोस

     
टीकापुर १६ असोज /
खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुरको शैक्षिकसत्र २०८०/०८१ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
     शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले सामाजिक परिक्षणको उपलब्धिले अभिभावकहरुलाई फाइदा हुने बताउँदै यसबाट विद्यालयमा वर्षभरिका विद्यालय, शिक्षक लगायतका बारेमा धेरै कुरा जान्न सकिने बताएका छन् । उनले विद्यालयले प्रस्तुत गरेको सामाजिक परिक्षण प्रतिवेदनमा प्रस्तुत भएका केही कुराहरुमा सुधारको खाचो औल्याएका छन् । विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुले सिकाई उपलब्धिमा ध्यान दिन जरुरी रहेको अवस्थीले जोड दिए । उनले टीकापुर नगरपालिकाले शैक्षिकसत्रको सुरुदेखि शिक्षामा सुधारका लागि योजना बनाएर काम गर्दै आएको बताउँदै दश कक्षामा अध्यानरत विद्यार्थीहरुका लागि एसईई परिक्षामालाई विशेष महत्त्वका साथ हेरेको बताएका छन् । “एसईई दिन कक्षा टेस्टमा पास हुनु पर्छ, अन्यथा पास नभएका विद्यार्थीले एसईई परिक्षामा सहभागी हुन पाउदैन ।” उनले भने “विद्यार्थीहरुलाई एसईई परिक्षामा सहभागी गराउने वा नगराउने त्यसको जिम्मा एक्लै शिक्षकले लिएर हुदैन, त्यसका लागि विद्यार्थी अभिभावक सबै एकजुट हुन आवश्यक छ ।”
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्क राज रेग्मीले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुतबाट अभिभावकहरुले विद्यालयमा भएका राम्रा नराम्रो कामहरुको स्याबासी र खबरदारी गर्ने कार्यक्रम रहेको बताएका छन् । कार्यक्रममा कक्षा दशकी भुविका बमले शुभकामना मन्तव्य राखेकी थिइन ।
    विद्यालयका प्रधानाध्यापक केशर बहादुर रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहायक प्रधानाध्यापक झनक राज ओझाले गरेका थिए भने शैक्षिकसत्र २०८०/०८१ को प्रतिवेदन बुद्धिजीवी भक्तिराम कोइरालाले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *