शेयेर गर्नुहोस
भजनी २७ चैत /
भजनी नगरपालिकाको कक्षा ८ को नतिजा खस्किएको छ ।
शैक्षिकसत्र २०८१ मा केही सुधार देखिएको नगरपालिकाको कक्षा ८ को वार्षिक परिक्षाको नतिजा यसपटक पुनः खस्किएको हो । नगरपालिकामा गतवर्ष परिक्षामा सहभागी भएका कुल बिद्यार्थीको ५६ प्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए । यसवर्ष त्यो प्रतिशत घटेर ४२ मा झरेको छ । शैक्षिकसत्र २०८० मा भने २४ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएको शिक्षा अधिकृत पंख बहादुर शाहले जानकारी दिएका छन् ।
यसवर्ष कक्षा ८ को परिक्षामा ७ सय ९१ जना विद्यार्थी सहभागी भएकोमा तीन सय ३७ जना विद्यार्थी सफल भएका छन् । एक सय ४८ जना एक विषय अनुत्तीर्ण हुँदा एक सय १८ जना दुई विषयमा अनुत्तीर्ण भएका छन् । सामुदायिक तथा संस्थागत गरी २४ बिद्यालयबाट विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये राष्ट्रिय माद्यामिक बिधालय खैलाडबाट एकजना विद्यार्थी पनि उतिर्ण भएका छैनन् । विद्यालयबाट २० जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।
सामुदायिक बिधालयको भन्दा संस्थागत बिधालयको नतिजा सकारात्मक देखिएको छ । शैक्षिक गुणस्तर बढाउन नसकिएको स्वीकार गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले शिक्षक दरबन्दी मिलान र बिधालय समायोजन नभएसम्म स्थिति सुधार गर्न सम्भव नदेखिएको बताएका छन् । उनले शिक्षक दरबन्दी मिलानको लागि नगरपालिकाले प्रयास गरिरहेको बताउँदै अर्को शैक्षिकसत्रमा परिक्षाको नतिजामा सुधार आउने विश्वास व्यक्त गरे ।










