खुलाविश्वविधालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०६ चैत /

नेपाल खुला विश्वविधालयबाट सुदुरपश्चिम प्रदेशको लागि खटिएको टोलीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त टोलीले पहिलो अभिमुखीकरण कार्यक्रम कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा गरेको हो भने दोस्रो कार्यक्रम आज टिकापुर बहुमुखी क्याम्पसमा सम्पन्न गरेको छ ।सहभागीहरुको राम्रो उपस्थिति रहेको उक्त कार्यक्रममा विश्वविधालयको तर्फवाटअभिमुखीकरण कार्यक्रम बोल्दै विश्वविधालयकी प्रतिनिधी पुस्तकालय तथा सूचना विज्ञान विषयकी सहायकप्राध्यापक निर्मला सुबेदीले भन्नुभयो , “हामी सबैको घरघरमा शिक्षा पुर्याउने उद्देश्यका साथ यहाँआइपुगेकाहौ।” साथै उहाँले विश्वविधालयले भर्ना आबेदनदिन आह्वान गरेका कार्यक्रमहरुको बारेमा सहभागीहरु समक्ष बिस्तृतरुपमा छलफल भएको जनाउनुभयो।सो कार्यक्रममा विश्वविधालयकी प्रतिनिधी सुनिता आचार्यले भन्नुभयो, “उच्च शिक्षामा हरेक समुदायको पहुँच पुर्याउनको लागी खुला विश्वविधालयको विकल्प छैन।”
उक्त कार्यक्रमका सहभागीहरूले विश्वविधालयले संचालन गर्दै आएका शैक्षिक कार्यक्रमहरुको बारेमा जिज्ञाशा ब्यक्त गरेका थिए भने प्रतिनिधीहरूले सो विश्वविधालयका संकायहरुले संचालन गर्दै आएका एवम आगामी दिनहरुमा संचालन हुने कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए।साथै शैक्षिक कार्यक्रमहरूको जानकारीका अतिरिक्तप्र तिनिधिहरुले सो विश्वविधालयको प्रशासन प्रणाली बारेमा पनि संक्षिप्तमा प्रकाश पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *