खेलकुदबाट बिदा लिएर ब्यबसायमा रमाउदै शिव

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०६ चैत
जानकी गाउँपालिका वडा नं. ९ खैरीफाँटाका शिवराज भाटको नाम भलिवलमा चर्चित छ । सुदुरपश्चिमा शिवराज भाट भने सबैले चिन्छन । खेल पेशाबाट स्थापित हुनुभएका शिवराज खेल जिबनबाट भबिस्य सफल नहुने भएपछी खेलबाट बिदा लिएर अहिले व्यावसायिक पशुपालनमा आक्रसित हुनुभएको छ ।
उहाँले स्थानीयदेखि राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाउनुभयो भने अधिकांश प्रतियोगिताको उपाधि समेत हात पार्न सफल हुनुभयो । २०५८ सालदेखि भलिवल खेललाई व्यवसायिक खेलको रुपमा लैजाने उद्देश्य लिएका शिव खेलकूदमा सफल हुन भने सक्नुभएन । प्रतियोगितामा आफूले राम्रो सम्मान पाएको शिव बताउनुहुन्छ । “मैले खेल क्षेत्रमा कहिल्यै घमण्ड गरेनँ । त्यसको परिणाम राष्ट्रिय खेलाडीको रुपमा पनि थुप्रै खेलहरु पनि खेल्ने अवसर पाएँ ।’ शिवले भन्नुभयो, “साथीभाइहरुसँग रमाइलो, खेलप्रेमीहरुको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ । जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यवसायिक पशुपालनमा जोडिएको हु ।”
उहाँ भलिबलमात्र नभई फुटबलको पनि राम्रो खेलाडी हुन । सुदुरपश्चिम स्तरीय फुटबल प्रतियोगिता खेल्नुभएका शिवको हात र औला भाच्नुपर्यो । ” खेलकुदमै लागेर डोटीमा भएको प्रतियोगितामा मेरो खुट्टामा समस्या देखिएको थियो । डाक्टरले अप्रेशन गर्नुपर्ने भने पनि खर्च बढी लाग्ने भएकाले अप्रेशन गर्न सकेको छैन ।” शिवले भन्नुभयो, “खेलकूद क्षेत्रमा लागेर अहिले त्यो दुःख देख्दा आफूलाई पछुतो लाग्छ । एक खेलाडीले आफ्नो उपचार गर्न सक्ने अबस्था अझै बन्न सकेको छ । सरकारले खेलाडीप्रति हेर्ने दृष्टिकोण अझै फेरिएको छैन ।”
२०७७ फागुन १० गते अरुण युवा क्लब खैरीफाँटाले आयोजना गरेको खुला भलिवल प्रतियोगिताबाट शिवले भलिवल खेल जीवनबाट सन्यास लिकस्नुभएको छ । उहाँले खेलकुदसंगै ब्यबसाय सुरु गर्नुभएको थियो । तीन वर्षदेखि व्यवसायिक बंगुरपालन सुरु गर्नुभएका शिवले अहिले लोकल कुखुरा र कडकनाथको व्यवसाय पनि सुरु गर्नुभएको छ । “मैले टर्की, लौकटको व्यवसाय पनि गरेको थिएँ । कोरोनाका कारण भएको बन्दाबन्दीको बेला मासुको अभाव हुँदा सबै बिक्री भए ।” शिवले शिवले भन्नुभयो, “सबै परिवार यही व्यवसायमा छौं । र, मैले व्यवसायसँगै शिक्षण पेशालाई पनि सँगै अगाडि बढाएको छु ।” कैलालीको जानकी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । विद्यालयमा अध्यापनमात्र नभई खेल शिक्षकको रुपमा पनि काम गर्दै आएका शिवले रारा फाउण्डेशनले किशोरीहरुका लागि खैरीफाँटामा सुरु गरेको फुटवल प्रशिक्षकको रुपमा शुक्रबार र शनिबार काम गर्दै आएको बताउनुभएको छ । ” आफ्नो क्षमताले काम गर्न सके कसैले पनि पछाडि फर्केर हेर्नू पर्दैन ।” शिवले भन्नुभयो, ” अब मलाई कुनै कुराको अपुग छ जस्तो लाग्दैन । आफ्नो क्षमताले भ्याएको सबै गरेको छु । परिवारको राम्रो साथ छ ।”
छ लाख लगानी गरेर ब्यबसाय सुरु गर्नुभएका शिव गाउँकै एक नमुना व्यावसायिकको रुपमा स्थापित हुनुभएको छ ।उहाँले युवाहरुलाई राज्यको खेलक्षेत्रमा स्पस्ट नीति नआएसम्म पुरै समय खेलमा ब्यथित नगर्न आग्रह गर्नुभयो । उहाँले आफूले मात्र नभई आफ्नै भाइलाई पनि खेलकूदमै आकर्षित गराउदा अहिले त्यसको परिणाम आएको बताउनुभयो । “मेरै प्रशिक्षणबाट स्थापित खेलाडी बनेको कान्छो भाइ नरेश भाट अहिले वैदेशिक रोजगारीमा होमिनु परेको छ । खेलकूदलाई व्यवसायिकरण गर्न नसकिएसम्म खेल क्षेत्रबाट कसैको भविष्य सुनिश्चित छ जस्तो लाग्दैन ।” शिवले भन्नुभयो, “शरीरमा ऊर्जा रहँदासम्म खेलाडी बन्ने हो भने बाँकी जीवन जिउन र परिवार चलाउन कसको सहारा लिने ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *