शेयेर गर्नुहोस
सम्पादकीय १७ चैत /
केही दिन पहिले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भित्रको एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भयो । देश छोडेर परिवार पाल्नको लागि र सुनौलो भविष्यको लागि विदेशिनेहरुको फोटो भाइरल भएको थियो । एकै दिन हजारौं युवाहरू भविष्य खोज्दै विदेशिने स्थितिले हाम्रो विकास र समृद्धिमा प्रश्न उठाएको छ । त्यो भन्दा महत्त्वपूर्ण प्रश्न अहिले रोजगारीको लागि विदेश जानेहरूमाथी नभई उच्च शिक्षाका लागि विदेशिनेहरु उठेको छ । त्यसरी जानेहरू न्यून वर्गका नभई उच्च कुल घरानाका बढी छन् ।
सामाजिक रुपमा स्थापित ब्याक्तीहरुका बालबालिका बढी शैक्षिक अध्ययन होस् वा रोजगारीका लागी राम्रा देशमा लाखौं खर्चेर पुग्ने गरेका छन् । यसो भनिरहँदा ठुलाबडाका छोराछोरीहरु विदेश जानू हुँदैन भन्ने होइन तर, ती सामाजिक रुपमा स्थापित ब्याक्तीहरुको भनाई र गराईमा भएको बेमेलले देश संकटको स्थितिमा पुगेको भन्दा फरक नपर्ला । सामाजिक रुपमा रोजगारी स्थापना र स्वदेशमै युवाहरूलाई स्थापित गर्नेदेखि देशमा उच्च गुणस्तरीय शिक्षाको बहस गर्नेहरु आफ्ना छोराछोरी वैदेशिक यात्रामा हुँदा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका अगाडी सँगै खिचेको तस्बिर सामाजिक सञ्जालमा गर्भका साथ पोष्ट गर्छन् । मेरो छोराछोरीको अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा जस्ता देशहरुमा यात्रा सफल होस् भनेर । अझ तिनै भन्छन् नेपालमा सम्भावना धेरै छन् । विदेश जानुहुँदैन ।
आज तिनै सामाजिक रुपमा दोहोरो चरीत्र देखाउने सामाजिक अगुवाकै कारण देश कठिन मोडमा उभिएको छ । भएका सम्भावनाहरु पनि ओझेलमा पर्दै गएका छन् ।शिक्षकका कारण सामुदायिक बिधालयको गुणस्तर माथी उठ्न सकेको छैन । आफ्ना छोराछोरीहरुलाई महंगो निजि बिधालयमा अध्ययनको लागि पठाएर राज्यबाट खाएको तलबभत्ता निजिमा खर्च गर्नेहरुले शैक्षिक गुणस्तरका कुरा गरेको सुहाउँछ ? त्यस्तै राजनीतिक दलका कारण नेपालीले देख्दै आएको समृद्धिको सपना पूरा हुन सकेको छैन । सामाजिक अगुवाका कारण समाज परिवर्तन हुन सकेको छैन । बाहिर सार्वजनिक रुपमा जस्ले जे बोले पनि सबैको स्वार्थ आफ्नो फाइदाको लागि मात्रै हो । त्यसकारण झुठो कुरामा नागरिकहरुलाई अल्झाएर आदर्शका कुराले हाम्रो विकास हुँदैन । विकासका लागि पहिला आफ्नो सोच बदल्नु पर्छ ।