खेती जोगाउन तारबार

शेयेर गर्नुहोस


टीकापुर १७ पुस/
सामुदायिक चौपाया र जंगली जनावरबाट लगाएको अन्न बाली जोगाउनका लागि स्थानीयले खेतमा तारबार गर्न थालेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रका स्थानीयले चौपाया र जंगली जनावरबाट बर्सेनि लगाएको अन्न बाली नष्ट हुन थालेपछि खेतको सिमानामा तारबार गर्न थालेका हुन । स्थानीय किसानले लगाएको बालि जाेगाउन स्थानीयकाे सहकार्यमा सिमा क्षेत्रमा काडेतार लगाएका हुन ।
स्थानीयले लगाएको बालि भारततिय जंगलबाट आउने सामुदायिक चौपाया तथा जंगली जनावरले खाएर नाेक्सान गर्न थालेपछि काडेतार लगाउनु परेकाे स्थानीयकाे भनाइ रहेकाे छ । स्थानीय किसानहरुले आफै रकम संकलन गरेर बाँकी जनश्रमदानबाट सिमा क्षेत्रमा करिव ५ सय मिटर क्षेत्रमा काडेतार लगायका छन् । खेती गर्न छोडेपछि सिमा क्षेत्रको जग्गा भएकोले अतिक्रमणमा पर्ने चिन्ता, खेती लगाएपछि चौपाया र जंगली जनावरलाई ठिक्क हुने चिन्तामा रहेका स्थानीयले जग्गा घेरबार भएपछि बाली जोगिने आशा गरेका छन् ।
भारतिय सिमा क्षेत्रकाे नेपाली भुमिमा स्थानीयले प्रत्येक घरधुरीबाट ६ सय र पाँच सयका दरले १ लाख ५० हजार संकलन गरि जनश्रमदानबाट काडेतार लगाएको स्थानीय मदन साउँदले बताएका छन् । “खेती बर्सेनि गर्छौं । चौपायाका कारण आम्दानी लिन सक्दैनौं ।” साउँदले भने, “खेती नगरौं भने जग्गा अतिक्रमणमा पर्ने चिन्ता, लगायो भने चौपाया र जंगली जनावरलाई ठिक्क हुन थालेपछि तारबार गरेका हौं ।” लगाएको अन्न बाली जाेगाउन स्थानीय बासिन्दाले गरेकाे काम अधुराे भएकोले नगरपालिकाले थप बजेटकाे ब्यवस्थापन गरि अधुराे काम पूरा गर्नुपर्ने उनीहरूकाे भनाइ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *