शेयेर गर्नुहोस
टीकापुर २४ माघ /
जानकी गाउँपालिकाको पन्ध्रौं गाउँसभा बैठक बुधबार सम्पन्न भएको छ ।
गएको पुस २८ गते सञ्चालन भएको गाउँपालिकाको पन्ध्रौं गाउँसभा बैठक दोसो बैठक आयोजना गर्दै सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ गाउँसभा बैठकले सर्वसम्मत पारित गरिएको छ । त्यसैगरी बैठकले जानकी नगर प्रहरी विधेयक २०८१ लाई पनि पारित गरेको छ ।
त्यसैगरी गाउँसभा बैठकमा विधायन समिती संयोजकले प्रस्तुत गरेको बरघर/ भल्मन्सा प्रणाली संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको विधेयक २०८१ लाई पनि बैठकले पारित गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सुचिकृत मेलमिलाप कर्ताको सुची पनि गाउँसभाले अनुमोदन गरेको छ । उक्त मेलमिलाप कर्ताको सुची गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले सभामा प्रस्तुत गरेकी थिइन ।
लेखा समिती संयोजक सुरेश चौधरीले प्रस्तुत गरेको गाउँपालिकाको हालसम्म देखिएको बेरुजु विवरणलाई घटाउँदै शुन्यमा झार्ने बताइएको छ । गाउँपालिकाले प्रस्तुत गरेको बेरुजु प्रतिवेदन अनुसार दुई करोड ८३ लाख २९ हजार एक सय ७० रुपैयाँ बेरुजु रहेको छ । बैठकको शून्य समयमा बोल्ने कार्यपालिका सदस्यहरुले विभिन्न विषयवस्तुमा प्रश्न सहितको सुझाव राखेका थिए । उक्त प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष गणेश चौधरीले दिएका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी लगायतका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।