गुलाबलाई सिँचाइ गर्न जडान गरिएका नौवटा मिटर चोरी

शेयेर गर्नुहोस


टीकापुर ०७ चैत /
टीकापुर नगरपालिकाले गुलाब शहर बनाउने अभियान अन्तर्गत टीकापुर जमरा पुलदेखी बसपार्कसम्म गुलाबको बोट सिँचाईका लागि जोडेका खानेपानीका नौवटा मिटर चोरी भएका छन ।
बुधबार राती अज्ञात समुहले सिँचाइका लागि जडान गरिएका नौवटा खानेपानीका मिटर चोरी गरेको हो । नगर प्रमुख रामलाल डगौरा थारुको सचिवालयका प्रमुख लोकबहादुर बुढाले गएराति मिटर चोरी भएको जानकारी दिएका छन् ।
प्रहरीले मिटर चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । गुलाबको बोट सिँचाईका लागि नगरपालिकाले जमरा पुलदेखी बसपार्कसम्म खानेपानीका ३२ वटा मिटर जडान गरेको छ । ती मध्ये नौवटा मिटर चोरी भएको बुढाले बताए । उनले गुलाबको बोट सिँचाईका लागि नगरपालिकाले थोपा सिँचाई प्रणालीको तयारी गरिरहेका बेला मिटर चोरी भएको जानकारी दिए ।
नगरपालिकाले टीकापुरलाई गुलाबको शहर बनाउने भन्दै जमरापुलदेखी बसपार्कसम्मको सडकको दुवैतर्फ गुलाबको बोट रोपेको छ । गुलाबको बोटलाई नियमित सिँचाई आवश्यक पर्ने भएकाले नगरपालिकाले खानेपानीको पाईप मार्फत सिँचाई गर्ने व्यवस्था गरेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *