शेयेर गर्नुहोस
भजनी १२ मंसिर/
भजनी नगरपालिका वडा नं.७ मा रहेकाे ग्रामिण कृषि विकास सहकारी सँस्थाले रासायनिक मल वितरणको काम सुरु गरेको छ ।
किसानहरुकाे सहजताका लागि भन्दै सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै रासायनिक मल वितरणको काम सुरु गरेको हो । सहकारीले मलखाद बिक्रीवितरण सुरु गरेपछि किसानहरु खुशी भएका छन् । मलको चरम अभाव भैरहेको समयमा सहकारीले स्थानीय सरकारसँग समन्वय गरेर मलखाद उपलब्ध गराउनेमा किसानहरूले आशाबादी छन् ।
ग्रामीण सहकारी संस्थाका अध्यक्ष रवि कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष जयबहादुर बुढाले लामो समयको प्रयासपछि किसानहरुको मागलाई सम्बोधन गर्न सफल भइएको बताएका छन् । उनले मलका लागि किसानहरुलाई भौतारिनुपर्ने अवस्था केही हदसम्म भए पनि कम हुने विश्वास व्यक्त गरेका छन् ।
संस्थाले किसानलाई सहज पुर्याउन खादमल वितरण केन्द्र उद्घाटन गरी त्यहाँ रहेका किसान अपाङग, एकल, जेष्ठ र गर्भवती किसानलाई पहीलाे प्रथामीकतामा राखेर मल वितरण गरिने संस्थापक अध्यक्ष बुढाले बताए ।
उद्घाटन कार्यक्रममा किसानलाई तीन सय बोरा मल वितरण गरेकाे छ । उक्त कार्यक्रमको सञ्चालन जयप्रसाद ढुंगानाले गरेका थिए ।










