चार अस्पताल विश्वविद्यालयमा गाभिने

शेयेर गर्नुहोस


टीकापुर २१ साउन/
टीकापुर अस्पतालसहित चारवटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति दिएको छ ।
बिहीबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, लम्कीचुहा प्रादेशिक अस्पताल लम्की, टीकापुर प्रादेशिक अस्पताल टीकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा अन्य कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रदेश सरकारका अनुसार यो निर्णयसँगै विश्वविद्यालयको शैक्षिक तथा प्राविधिक संरचना विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ। साथै, चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।
तर कामचलाउ सरकारले गरेको निर्णय कार्यान्वयन हुनेमा भने शंका देखिएको छ ।

ताजा खबर

चार अस्पताल विश्वविद्यालयमा गाभिने

कसले तिर्छ साढे ३६ लाख बक्यौता

बजारका चौपाया व्यवस्थापन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *