शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २४ मंसिर /
प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलालीमा चुनावी सरगर्मी बढेको छ ।
चुनावी सरगर्मी बढेसँगै अहिले कैलालीका निर्वाचन क्षेत्रहरुमा दलहरु उम्मेदवार चयन गर्नतर्फ केन्द्रित छन् । नयाँ दलहरु नयाँ अनुहार खोज्ने सुरमा छन् भने पुराना दलहरु पनि युवा पुस्ताले रुचाएका व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सार्ने मनसायमा छन् ।
यहीबीच कैलाली निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मदेवारका लागि डा. प्रदीप मिश्रको चर्चा सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा लामो समय योगदान दिएका डा. मिश्र सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । त्यसैमाथि सामाजिक बेथितिसँग नजिकसँग परिचित मिश्रलाई उम्मेदवार बनाउने विषयमा नेपाली काँग्रेसभित्र पनि छलफल चलिरहेको काँग्रेसका जिल्लास्तरीय नेताहरुले बताएका छन् ।
अर्कोतर्फ मिश्र युवाहरुले पनि रुचाएका आकर्षण पात्र हुन् । आसन्न निर्वाचनमा उनलाई प्रतिनिधशभा हालै गरिएको सुक्ष्म सर्वेक्षणका क्रममा पनि मिश्रको पक्षमा युवाहरु सकारात्मक रहेको स्वयम नेपाली काँग्रेसकै क्षेत्र नं. ३ नेताले बताएका छन् । उनले युवाको चाहना र क्षमताका आधारमा पनि यसपालि कैलाली क्षेत्र नं. ३ बाट मिश्रले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने सम्भावना बलियो रहेको ती नेताको भनाई छ ।
“मिश्रजी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रसँगै सामाजिक समाज सेवामा निकै सक्रिय हुनुहुन्छ । यही कारण पनि उहाँले ग्राउन्ड लेबलका समस्यमा बुझ्नुभएको छ।” काँग्रेसकै एक नेताले भने, “परिपक्व पनि हुनुहुन्छ । युवाहरुले पनि रुचाएका छन् । यही कारण पनि उहाँको सम्भावना बलियो देख्छु ।”










