जनकल्याण बचतको १० अाै साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ असोज /
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० अाैं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष परितोष पाैडेल रहेका थिए भने विशिस्ट अतिथि सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी र नेफ्स्कुनका संचालक यज्ञप्रसाद ढकाल रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाैडेलले कोभिड-१९ पछि सबैको जीवन शैली परिवर्तन रहेको बताउदै कोभिड-१९ को समयमा पनि सहकारीले राम्रो प्रगति गर्न सफल रहेको बताएका छन् । उनले सहकारी भनेको शेयर सदस्यले चल्ने गरेको र शेयर सदस्य भनेका सहकारीका मेरु दण्ड रहेको बताएका छन् । अध्यक्ष पाैडेलले “सहकारीको काम शेयर सदस्य जम्मा गर्नु मात्रै हैन, शेयर सदस्यहरुलाई कसरी पैसा कमाउन पर्छ भनेर सिकाउनु हो ।” उनले भने “एउटा सफल सहकारी त्यो हो, जसले आफ्नो मात्र मुनाफा नहेरी आफ्ना शेयर सदस्यहरुलाई अगाडी पर्छ ।”
उनले सहकारीले जाती, भाषा, लिङ्ग, धर्म र राजनितिलाई नलिई अगाडी बढ्न सके सहकारी सफल र उत्कृष्ट बन्ने समेत बताएका छन् । सहकारीले पैसा जम्मा गर्ने र ऋण लगानी गर्नु मात्र ठूलो कुरा नरहेको बताउदै शेयर सदस्यलाई पैसाबाट पैसा कसरी कमाउने भनेर सुकाउन जरुरी भएको बताएका छन् । कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि नेफ्स्कुनका संचालक यज्ञप्रसाद ढकालले सहकारी सुदुरपश्चिममा उत्कृष्ट सहकारी रहेको बताउदै अबका दिनमा यतिले मात्र नपुग्ने र नमूनाका काम गरेर देशकै उत्कृष्ट सहकारी बन्नु पढ्नेमा जोड दिएका छन् ।
उनले जनकल्याण सहकारीलाई देशको उत्कृष्ट सहकारी बनाउनको लागि नेफ्स्कुनको तर्फबाट आवश्यक साथ सहयोग सधै रहने बताउदै कुनै पनि चिजको सपना देख्न जरुरी रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी, जिल्ला बचत संघकि अध्यक्ष शिवा थापा, टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख नन्दबहादुर केसि, संस्थापक अध्यक्ष गणेश बहादुर साउद लगायतले सहकारी सम्बन्धि आफ्ना भनाइ राखेको थिए । सहकारीले हरेक वर्ष जस्तै यस वर्ष पनि ५ जना उत्कृष्ट बचत कर्ता, ३ जना उत्कृष्ट ऋणी र ५ जना शेयर सदस्य गरि १३ जनालाई सम्मान गरेको छ । जस्मा उत्कृष्ट बचत कर्ता तर्फ शंकर देवकोटा, कमला चाैधरी, निर्मला न्याैपाने धमला, बासुदेव पाैडेल र प्रमोद चाैधरी रहेका छन्, उत्कृष्ट ऋणी तर्फ जीवन न्याैपाने, पार्वती चाैधरी र आरती चाैधरी रहेकी छन् र शेयर सदस्य तर्फबाट कल्पना देवि जैशी, टिकाराम जैशी, विनोद बरही, गणेशबहादुर साउद र धन्यादेवी खड्का रहेका छन् ।
सहकारीको आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख ५७ हजार ७ सय ३७ रुपैयाँ ३७ पैसा बराबर आय/व्यय विवरण प्रस्तुत गरिएको थियो । त्यसैगरी ५ करोड ७६ लाख ३१ हजार २९ रुपैयाँ ६० पैसा बराबरको सम्पत्ति तथा दायित्व विवरण प्रस्तुत गरेको थियो ।
संस्थाका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक छबिलाल जैशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *