शेयेर गर्नुहोस
खेम राज पाण्डेय / भजनी ०५ भदौ /
कैलालीमा रहेको प्रहरी चौकी भजनी ८ जनकपुरद्वारा परिचयात्मक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी चौकि जनकपुर कैलालीका इन्चार्ज जनक बहादुर धानुकको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नं ८का वडा अध्यक्ष पंकज चौधरी रहेका थिए। उक्त कार्यक्रमका अतिथिमा भजनी नगरपालिका वडा नं ८का वडा सदस्य कृष्ण लाल धमाला , संरक्षणकर्मी तथा भजनी नगरपालिका कर्मचारी जय प्रसाद ढुङ्गाना, शिक्षक गोविन्द रावल, जेष्ट नागरिक नरबहादुर चन्द,भलमन्सा कृष्णा चौधरी, गाउँ समाजका अगुवा धनिराम ढुङ्गाना ,फाकुराम चौधरी,मोहन चौधरी र महिला दिदीबहिनीहरु लगाएतको उपस्थित रहेको थियो।उक्त कार्यक्रममा कोभिड १९ को तेस्रो लहरमा अनिवार्य माक्सको प्रयोग सामाजिक दूरी कायम स्वास्थ्य सुरक्षा गर्नु पर्ने तथा लागु औषध दुर्ब्यसनि नियन्त्रण सम्बन्धी सचेतना मुलुक कार्यक्रम गरीएको थियो।कार्यक्रमको सहजीकरण प्रहरी हल्दार सुरेश सिंह सामन्तले गर्नु भएको थियो।