सप्ताहव्यापी डल्फिन कार्यक्रम सुरु

शेयेर गर्नुहोस


खेम राज पाण्डे / भजनी ०७ भदौ /
“डल्फिन जलचर उभयचर, पन्छी, वन्यजन्तु तथा जैबिक विविधताको संरक्षण गर्नु हाम्रो मुख्य जिम्मवारी
सप्ताहा व्यापी डल्फिन ,जलचर अवलोकन तथा सचेतना अभियान २०७८ सफल पार्न गरौं साझेदारी”भने मूल नाराका साथ डल्फिन जलचर तथा जैबिक विविधता संरक्षण नेपाल को आयोजनामा सप्ताह ब्यापी कार्यक्रम सुरु गरिएको छ।
कार्यक्रमको भजनी नगर प्रमुख शेर बहादुर चौधरीले उद्घाटन गरेका हुन । कार्यक्रमका विशिष्ट अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी, अतिथि रानी जमरा कुलरिया सिचाइ आयोजना टीकापुर कैलालीका वरिष्ठ समाजशात्री बिमल ढेरवाज ,सुरक्षाकर्मी,भलमंसा,जेष्ठ नागरिक महिला दिदीबहिनी लगाएतको उपस्थिति रहेको थियो । भजनी र टीकापुरको सिमानामा रहेको सोनाफाटा पथरैया पुल देखि डुङ्गामा डल्फिन, अवलोकन गरेर कार्यक्रमको सुरूवात भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले डल्फिनको केन्द्र बिन्दु बनाउँनुपर्नेमा जोड दिएका छन । अभियान अन्तर्गत डल्फिनको बारेमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने, प्रचारप्रसार गर्ने, डल्फिन गणना, रचनात्मक कार्य गरिने आयोजक डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिएका छन् । टीकापुर नगरपालिकाको वडा नं. ७ र भजनी नगरपालिका वडा नं.८ को सहयोग, नेपाल जैविक विविधता संरक्षण नेपालको सहकार्य र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता भोजराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् मन्तव्य DABC नेपालका उपाध्यक्ष कृष्ण लाल धमाला गरेका थिए कार्यक्रम सञ्चालक DABC नेपालका महासचिव जय प्रसाद ढुङ्गानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *