शेयेर गर्नुहोस
टीकापुर ०६ पुस /
जनता कृषि सहकारी संस्था लिमिटेडको १६ अाैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । ३५ जना शेयर सदस्यको चार लाख शेयर रकमबाट शुरु गरेको संस्थाको शेयर पुँजी १९ लाख १५ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ अषाढ मसान्तसम्म संस्थामा आवद्ध ३२ जना शेयर सदस्यलाई आर्थिक अवस्था सुधारका लागि भान्दै ३९ लाख १४ हजार दुई सय ४४ रुपैयाँ कर्जा प्रवाह गरि ८ सय ९५ जनालाई रासायनिक मल, बीउ विजन वितरणमा आफ्नो सेवा पुर्याउन सफल भएको बताइएको छ ।
सहकारीको आर्थिक प्रतिवेदनका अनुसार संस्थाको पाँच लाख २९ हजार ७ सय चार रुपैयाँ नाफा गरेको छ । त्यसैगरी सहकारी संस्थाले शेयर सदस्यहरुलाई मध्य नजर गर्दै आफ्नो शेयर सदस्यहरुलाई प्रती बोरामा ५० रुपैयाँ छुट दिई मलखाद प्रदान गर्दै आएको सहकारीले चालू आर्थिक वर्षमा ३७ लाख ७० हजार ४९ रुपैयाँ बराबरको रासायनिक मलखाद खरिदविक्री गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष मोहन नाथ योगीको अध्यक्ष्ातामा भएको कार्यक्रममा सहकारी संस्थाका संस्थापक सदस्य जगन्नाथ धामालले उद्घाटन गरेको कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हर्क बहादुर भण्डारी, एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झपट बुढा लगायतले मन्तव्य राखेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष महन्त साउँदले स्वागत गरेको कार्यक्रमको सञ्चालन ऋण समिति संयोजक मोतीराम भण्डारीले गरेका थिए ।










