शेयेर गर्नुहोस
टीकापुर ०७ पुस /
सुदुरपश्चिम प्रदेश निवर्तमान भौतिक पुर्वाधार मन्त्री कैलाश चौधरीले नागरिकमा बढ्दै गएको असन्तुष्टिको विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताएका छन् ।
जानकी गाउँपालिकाको आयोजनामा सुरु भएको जानकी गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान मन्त्री चौधरीले यस्तो बताएका हुन । “देश संक्रमणकाल छ । जनप्रतिनिधि प्रती जनताको विश्वास घट्दै गएको छ ।” निवर्तमान मन्त्री चौधरीले भने, “त्यो नागरिकहरूको असन्तुष्टिलाई मध्यनजर गर्दै हामीले गर्ने सेवा प्रवाह देखि विकास निर्माणका कामलाई ध्यान दिनुपर्छ ।”
उनले खेलकुद मनोरञ्जन मात्रै नभई जीवनलाई सहि मार्गमा डोर्याउन महत्त्वपूर्ण माध्यम रहेको बताउँदै खेलकुदलाई बिद्यार्थीको पठनपाठन पछिको अर्को महत्त्वपूर्ण माध्यम बनाइनुपर्ने बताएका छन् । कार्यक्रममा जानकी गाउँपालिकाले समयको महत्त्व बुझेको भन्दै समयको महत्त्व बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उल्लेख गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यार्थी उमेललाई लक्षित गरै विगत छोटो भविष्य लामो रहेको उमेर समूह भएको उल्लेख गरे । गाउँपालिकाले खेलकुद क्षेत्रलाई स्रोतसाधनलाई मध्यनजर गर्दै विशेष महत्त्व दिएको बताएका छन् । नैतिकतामा बाधिएको व्यक्तिका लागि कुनै नियम कानुन नै आवश्यक नपर्ने बताउँदै अध्यक्ष चौधरीले त्यो नैतिकताको कडी समयको व्यवस्थापन रहेको बताएका छन् ।
गाउँपालिका उपाध्यक्ष लालमती देवि कठरियाले स्वास्थ्यलाई स्वस्थ राख्नको लागि भए पनि खेलकुद आवश्यक हुने बताइन् । वडा नं. ७ का वडा अध्यक्ष कमल महतोले गाउँपालिकाले सुविधा सम्पन्न खेलकुद मैदान निर्माणको काम गरिरहेको बताउँदै अर्को वर्षसम्म आधारभूत सुविधा सहितको खेलकुद मैदान गाउँपालिकाले पाउने विश्वास व्यक्त गरेका छन् ।
आदर्श माद्यामिक बिधालयका प्रधानाध्यापक गणेश ओझाले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापलाई आधारभूत तहमा बढाउन आवश्यक रहेको बताएका छन् । उनले गाउँपालिकामा कार्यरत शिक्षकको सेवासुविधा बढाउनुपर्नेमा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
सोही कार्यक्रमको अवसरमा गाउँपालिका भित्र रहेका विभिन्न बिधालयबाट अनिवार्य अवकाशमा गएका देवानन्द न्यौपाने, औगनदाश चौधरी, इन्द्रबहादुर थापा, सुरेश चन्द, रुबि शाह, जीवनलाल बडायक, पदमा बम, तपेश्वर प्रसाद, सन्तलाल चौधरी र प्रेमलाल चौधरीलाई सम्मान गरिएको छ ।
पुस ९ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा २८ बिधामा बिद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रतिस्पर्धाका लागि ३६ बिधालयको सहभागिता रहेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन टेकबहादुर सार्कीले गरेका थिए ।










