जुनसुकै तालिम उत्पादनसँग जोडिनुपर्छ : वडा अध्यक्ष विक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २३ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले कुनै पनि तालिमलाई उत्पादनसँग जोड्न सक्नुपर्ने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा सुरु भएको १० दिने डल तथा कुसुम र चुरा पोते माला बनाउने तलिमको उद्घाटन गर्दै वडा अध्यक्ष विकले राज्यको ठुलो लगानी आत्मनिर्भरताका लागि सञ्चालन हुने तालिममा खर्च हुँदै गएको बताउँदै त्यसलाई उत्पादनसँग जोड्न सकेपछि मात्रै तालिमको औचित्य साकार हुने बताएका हुन । “समुदायका नागरिकहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउनकै लागि सिपमुलक तालिमहरु आयोजना गरिन्छ । त्यसलाई उत्पादनसँग जोड्न सकिएन भने तालिमक्प औचित्य नै हराउँदै गएको छ ।” वडा अध्यक्ष विकले भने, “तालिमलाई संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिन जरुरी छ । गुणात्मक रुपमा नतिजा आउन सकेन भने तालिमको नाममा रकम खर्च गर्नु व्यर्थ हुनेछ ।”
उनले सिपमुलक तालिम सिकेकाहरुले समुदायमा उत्पादनलाई ध्यान दिन सके त्यसबाट अरुले पनि ज्ञान् पाउने बताउँदै सीप सुकेको ब्याक्ती समुदायको प्रेरणाको।स्रोत बन्न सक्नुपर्ने बताए । कार्यक्रममा वडा सदस्य प्रेमकला चौधरीले तालिमलाई निशुल्क भनेर दिन कटाउने काम बढी भएको बताउँदै त्यस्तो अवस्था आगामी दिनमा रहेको अवस्थामा तालिमका लागि बजेट विनियोजन गर्न आवश्यक नहुने बताइन । “मैले पनि आफ्नै लगानिमा डल तथा कुसुम बनाउने तालिम लिएकी छु । मैले लिएको तालिमले आफ्नो परिवारका अन्य सदस्यलाई समेत सिकाएर थोरै भएपनि आम्दानीसँग जोड्न सफल भएका।छौं ।” वडा सदस्य चौधरीले भनिन, “सिकेको कुरालाई प्रयोगमा ल्याउनु महत्त्वपूर्ण कुरा हो । यसलाई सबैले मनन गर्न सक्नुपर्छ ।”
वडाको चालू आर्थिक वर्षको एक लाख बजेटबाट तालिम आयोजना गरिएको छ । दश दिनसम्म चल्ने तालिममा दश जना महिलाको सहभागिता रहेको छ । तालिम आशा आशा बुटिक सेन्टर सञ्चालन गरेको छ । वडा सचीव चक्र रावलले स्वागत गरेको कार्यक्रमको स्वागत ओभरसियर गम्भिरसिंह साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *