मोबाइल बैङ्किङमा निकै समस्या

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर २४ जेठ /
ग्लोबल आइ एम इ बैंक का मोबाइल बैङ्किङ प्रयोगकर्ताहरु समस्या मा पर्न लागेको गुनासो व्यापक भएर बाहिर आउन थालेको छ
बङ्लामुखी तारजाली उध्योगका प्रोपोराइटर ले टीकापुर नगरपालिका वडान ७ स्थित बैध्य हार्डवेयर मा २५ हजार रुपैयाँ ट्रान्सफर गर्दा ब्यालेन्स काटियको म्यासेज आयो र ब्यालेन्स काटियाे पनि तर बैध्य हार्डवेयर को खातामा पैसा पनि गयन म्यासेज पनि आएन म्यासेज पनि नआउने ब्यालेन्स पनि नआएपछि मान्ने कुरै भएन । बङ्लामुखी तारजालिका सन्चालक ले ग्लोबल बैंक मा जानकारी गराएको १ हप्तामा पैसा फिर्ता पाए ।
बैध्य हार्डवेयर का प्रोपोराइटर सुरज बैध्य ले मोबाईल बैङिङ प्रयोग गर्दा समस्या झेल्नुपरेको बताउनुभयो
ग्लोबल बैंक टीकापुर शाखाका शाखा प्रमुख हरिश चन्द्र भट्ट ले मोबाइल बैङ्किङ को प्रयोगकर्ता हरु समस्यामा परेको स्विकार्नु भयो ।भट्ट ले आफुले मोबाईल बैङ्किङ प्रयोग गर्दा समेत नेट को समस्या ले दुइपटक गएको बताउनुभयो । म्यानेजर भट्ट ले ग्राहक को पैसा फिर्ता गर्न समस्या छैन समय लाग्छ तर पत्रपत्रिका मा प्रकाशित गर्नाले ग्लोबल बैंक लाई केही फरक नपर्ने समेत भन्नुभयो
टीकापुर नगरपालिका का प्रबक्ता तथा टीकापुर नगरपालिका वडान ६ का अध्यक्ष बलिराम चौधरी ले म्यानेजर भट्ट को भनाइ गैरजिम्मेवार भएको बताउनुभयो ।प्रबक्ता चौधरीले सिमित पैसा लियर उपचार मा गएको मान्छेको मोबाईल बैङ्किङ प्रयोग गर्दा ब्यालेन्स काटिने तर पैसा पाएनन् भने त्यो दु:खद स्थिती हुने बताउनुभयो ।मोबाइल बैङ्किङ सुरक्षित छ यसमा दुइमत छैन सुधार गर्नुपर्छ ।ग्राहकलाई सुरक्षित सङ्गै भरपर्दो पनि छ भनेर बैंक ले बिश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *